काठमाडौं । धादिङको धुनिबेसीमा रहेको नोभाजेनेटिका औषधी उद्योगमा आगोलागी भएको छ । धुनिबेशी नगरपालिका नौबिसे नजिकैको खानीखोलामा रहेको औषधि फ्याक्ट्रीमा आगोलागी भएको हो । आगो केहीबेर अधि नियन्त्रणमा आएको स्थानीय पत्रकार राजन अधिकारीले बताए ।
आज मध्यान्ह आगो लागेको हो । मकैबारी र खेतको बीचमा रहेको औषधी उद्योगमा आगो लागेपछि धुनिबेशी नगरपालिकामा रहेको दमकल, इलाका प्रहरी कार्यालय खानिकोलाबाट खटिएका नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिइएको छ ।
सो घटनाको बीमा दावी पर्ने देखिएको छ । क्षतिको विवरण भने प्राप्त भएको छैन ।