Connect IPS
IME Life

दक्षिणी ललितपुरमा शक्तिशाली हावाहुरी, दर्जनौ घर उडायो, लाखौंको क्षति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो अपरान्ह आएको शक्तिशाली हावाहुरीका कारण दक्षिणी ललितपुरमा लाखौंै रुपैयाँको क्षति भएको छ । असिना पानीसँगै आएको हावाहुरीबाट दर्जनौं घरका छानाहरु उडाएको छ भने तरकारी, फलफूल तथा अन्न समेत गरी लाखौंको क्षति भएको छ । ललितपुरको बागमति गाउँपालिकामा अपरान्ह ४ः३० बजेबाट सुरु भएको हावाहुरी राति १० बजेसम्म जारी रहेको स्थानीयबासीले जनाएका छन् ।

Prabhu
Crest

हावाहुरीका कारण ललितपुरको भट्टेडाडा, प्यूटार, थुम्की, आश्राङ, गिम्दी, कटुवासम्मका सयौं घरहरुमा क्षति पुगेको छ । हुरीले छाना उडाउँदा स्थानीय विद्यालयहरुमा समेत ठूलो क्षति पुगेको छ । आधा दर्जन विद्यालयहरुमा क्षति पुगेको स्थानीयबासीले जनाएका छन् । ठूला दुर्लुङमा रहेको महेन्द्र माविको पक्की भवनमा समेत क्षति पुगेको छ ।


बागमति गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रामकृष्ण आचार्यका अनुसार फलफूल तथा तरकारी मात्रै ५० लाख क्षति भएको छ । कान्तिलोकमार्ग अन्तर्गत पर्ने भट्टेडाँडादेखि पूर्वतर्फ ठूलो क्षति पुगेको हो । भट्टेडाँडा क्षतिमा आज विहान समेत हावाहुरी दोहोरिएपछि सर्वसाधारणहरु आतंकित बनेका छन् । साथै सो स्थानमा विजुलीका पोल समेत ढालेकाले विजुली नहुँदा सञ्चार सम्पर्कमा कठिन भइरहेको छ । कैयौं मानिसहरुको घरको छाना उडाएपछि अन्न समेत भिजेको जनाइएको छ ।


उता, छिमेकी जिल्ला मकवानपुरलाई समेत सो हावाहुरीे असर गरेको छ । मकवानपुरमा पनि दर्जनौं मानिसको घरको छाना उडाएको छ । यसैबीच, मकवानपुरको राक्सीराङमा हावा हुरीका कारण रुखले किचेर दुई जनाको मृत्यु भएको छ । हिजो अपरान्ह आएको हावाहुरीका कारण मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नं ५ का ५० बर्षिय बीरमाया प्रजा र वडा नं ३ का ६ बर्षिय बालक आयुस मगरको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

हावा हुरीले पुर्याएको क्षतिको बीमा दावी पर्ने नपर्ने एकिन भइसकेको छैन । सञ्चार विद्युत लाइन अबरुद्ध हुँदा तथ्याङ्क संकलन गर्न कठिन भएको स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् । कृषि बीमाको दावी पर्न सक्ने भएपनि अहिले नै एकिन भइसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS