IME Life

पाकिस्तान एयरलाइन्सको जहाज कराचीमा दुर्घटनाग्रस्त, दर्जनौंको मृत्यु, अर्बौ बीमा दावी पर्ने

SPIL
NIC ASIA

एजेन्सीहरु । पाकिस्तानको कराचीस्थित विमानस्थलमा अवतरणको क्रममा रहेको जहाज धावनमार्ग नपुग्दै मानव बस्तीमा बजारिँदा दर्जनौंको मृत्यु भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एयरबस ए ३२० जहाज स्थानीय समय अनुसार अपरान्ह १४ः४० बजे बस्तीमा बजारिएर भएको दुर्घटनापछि पनि दुई जना जहाजका यात्रुहरु जीवित भएको बीबीसीले जनाएको छ ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लाहोरबाट कराँची नजिकैको जिन्नाह विमानस्थलमा अवतरणको क्रममा रहेको जहाजले धावनमार्गमा एप्रोच लिइसकेर जाँदै गर्दा ३२०० मिटर वरको बस्तीमा खसेर दुर्घटनाग्रस्त भएको हो । जहाज दुर्घटनापछि कराँचीको मोडेल कोलोनीमा विभत्स दृष्य देखिएको थियो ।

समाचार एजेन्सीका अनुसार जहाजमा ९१ यात्रु तथा ८ जना चालक दलका सदस्यसहित कूल ९९ जना मानिसहरु थिए । जहाज दुर्घटनापछि बस्तीका स्थानीयबासीको समेत भृत्यु भएको जनाइएको छ । जहाजमा केही पाकिस्तानी पत्रकारहरु रहेको जनाइएको छ । फ्लाईट राडारका अनुसार जहाज लाहोरबाट उड्ने वित्तिकै प्राविधिक समस्या आएको अनुमान गरिएको छ । जहाजले १६ हजार फिटको उचाईमा पुगेपछि राडार सम्पर्क बन्द गरेको देखिएको छ ।

पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान अवतरण हुनु एक मिनेट पाइलटले आपतकालिन अवस्था घोषणा गर्दै टावरलाई ‘मेडे’ नोटिस पठाएका थिए । त्यसको क्षणभरमै ठूलो धुवाको मुस्लोसहित जहाज दुर्घटनामा परेको थियो । दुर्घटनापछि अबौं रुपैयाँको दावी भुक्तानी पर्ने भएको छ । हवाई जहाज दुर्घटना ठूला बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीमाथि आर्थिक भार पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS