IME Life New

कोरोना बीमालेखको प्रचारमा बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आम सर्वसाधारणलाई कोरोना बीमालेख खरिद गर्न सूचना जारी गरेको छ । विद्युतीय माध्यम फेसबुकबाट बीमा समितिले नयाँ सूचना जारी गर्दै निम्न आय भएका जनतालाई कोरोना बीमा पोलिसी खरिद गर्न आह्वान गरिएको छ ।

बीमा समितिले निम्न आय भएका आम सर्वसाधारणलाई हाल महामारीको रुपमा विश्वभरि फैलिइरहेको कोरोना रोग लागेमा तत्काल आर्थिक राहत दिने उद्देश्यले अघि सारेको कोरोना बीमा सिंगै परिवारको गर्दा ६०० रुपैयाँ तिरेर एक लाख रुपैयाँ र ३०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँको सुरक्षण पाइने राहत बीमा सुविधा हो ।

Esewa
Crest

नेपालमा दर्ता भई सञ्चालनमा रहेका १८ वटा बीमा कम्पनी र दुई वटा विदेशी कम्पनीको नेपालीस्थित शाखा कार्यालयसहित कूल २० वटा कम्पनीले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको कोरोना बीमा समान जोखिम प्रतिफल वितरण गर्ने बीमा योजना हो । बीमा समितिले कोरोना महामारीमा राहत दिन ल्याएको यस्तो योजनाको प्रचारमा बीमा समिति आफै जुटेको हो । यही अवसरमा बीमा समितिले किसान लक्षित बीमा जनचेतना जगाउने अभियान समेत तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS