IME Life

काठमाडौं उपत्यका सिल गर्ने गृहमन्त्रालयको निर्णय, सबै नाकाबाट उपत्यका प्रवेश निषेध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सिंगो उपत्यका सिल गर्ने गृहमन्त्रालयले निर्णय गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले काठमाडौं उपत्यकामा सबै निकायलाई परिचपत्र जारी गर्दै उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो । उपत्यकाभित्रका तीन वटै जिल्लामा पास लिएका सवारी साधनहरु हिड्न पाउने भएपनि उपत्यकालाई बाँकी नेपालबाट ओहोर दोहोर गर्न भने नपाइने गरी व्यवस्था गरिएको छ ।

गृहमन्त्रालयद्वारा जारी सूचना अनुसार अब कोही पनि मानिस काठमाडौंभित्र प्रवेश गर्न पाउने छैन । सरकारले तोकेको अत्यावश्यक कामका लागि बाहेक काठमाडौं छिर्न नपाउने गरी सिल गर्ने निर्णय भएको पत्र गृहले मातहतका निकायलाई पठाएकोछ । गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न निर्देशन दिइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS