IME Life

सिद्धार्थ इन्स्योरेन्सकी कर्मचारीमा कोरोना भाइरसको संक्रमण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बीमा क्षेत्रमा पनि कोरोना भाइरसले आक्रमण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको कोरोना भाइरस पोजेटिभहरुको सूचिमा रहेकी एक जना महिला सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारी भएको खुलेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी काठमाडौंको कमलादीस्थित शाखा कार्यलयको फ्रन्ट डेस्कमा कार्यरत महिला कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । मंगलबार कोरोना पुष्टि भएका मध्ये काठमाडौंका तीन जना थिए । सो मध्ये दुई जना कालिमाटीका प्रहरीहरु थिए भने एक जना सिद्धार्थ इन्स्योरेन्सकी कर्मचारी महिला भएको खुलेको छ ।

Prabhu
Crest

उनी केही दिन पहिले भैरहवा पुगेर फर्केको खुलेको छ । सँगै गएका श्रीमानको पोजेटिभ नआएको जनाइएको छ । लकडाउनको समयमा ति महिला कसरी काठमाडौंबाट भैरहवा पुगेर फर्किन भन्ने खुल्न सकेको छैन ।
कोरोना भाइरस पोजेटिभ देखिएपछि सिद्धार्थ इन्स्योरेन्स कमलादीको काठमाडौं प्लाजामा रहेको कार्यालय सिल गरिएको छ । साथै सो कार्यालयमा रहेका अन्य बीमा कम्पनीहरु समेत बन्द गरिएका छन् ।

सिद्धार्थ इन्स्योरेन्सका सिईओ बीरेन्द्र बैदवार क्षेत्रीले एक जना महिला कर्मचारीको कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ आएको जानकारी प्राप्त भएको बताए । सिईओ क्षेत्रीका अनुसार ति महिला कर्मचारी एक दिन मात्रै कार्यालयमा आएको र सो क्रममा सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्य सुरु गरिएको बताए । साथै उनले कुनै पनि कर्मचारीहरु बाहिर गएको अवस्थामा १४ दिन क्वारेन्टाईनमा बसेर मात्रै कार्यालयमा आउन निर्देशन दिइएको बताए ।

ति महिलाको अवस्था सामान्य रहेको र उनको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनले कोरोना परिक्षणको लागि स्वाव दिइसकेपछि कार्यालय आएको खुलेको छ । काठमाडौं प्लाजास्थित शाखा कार्यालयमा एक दिन मात्रै कार्यालयमा आएको र सो दिन सीमित मात्रै मानिस सो कार्यालयमा रहेकोले अन्यत्र फैलिन भने नपाएको बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS