IME Life

तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाईफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमान्डौ : नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमासको ( ९ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । तीन पुराना र स्थापित जीवन बीमा कम्पनीको व्यापार हेर्दा नेपाल लाईफ इन्स्योरेन्स अघि देखिएको छ। नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : 
नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ०८ करोड रहेको छ त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता २ अर्ब १ करोड रहेको छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नेपाल लाईफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा २ अर्ब ७३ करोड संचित छ भने नेशनल लाइफको जगेडा कोषमा ७६ करोड २४ लाख रुपैयाँ संचित छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ५० करोड ६१ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा ८१ अर्ब ३८ करोड छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ६३ अर्ब ६८ करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा ३१ अर्ब ५३ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
९ महिनाको अवधिमा नेपाल लाईफले १८ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरको छ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १० अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरको छ र नेशनल लाईफ इन्स्योरेन्सले ५ अर्ब ७३ करोड कुल बीमा शुल्क आर्जन गरको छ ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा नेपाल लाईफ अघि छ । यो ९ महिनाको अवधिमा नेपाल लाईफले ४६ करोड ७६ लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले ३१ करोड ५६ लाख खुद नाफा गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १० करोड ७६ लाख खुद नाफा गरेको छ ।

नेपाल लाईफको प्रति शेयर आम्दानी ११ रुपैयाँ ३३ पैसा, नेशनल लाईफको प्रति शेयर आम्दानी १३ रुपैयाँ ६४ पैसा छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति शेयर आम्दानी ७ रुपैयाँ १३ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

किताबी मूल्यको आधारमा :

नेपाल लाईफ इन्स्योरेन्सको किताबी मूल्य १५८ रुपैयाँ ३६ पैसा छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको किताबी मूल्य १३६ रुपैयाँ ९० पैसा छ भने नेशनल लाईफको किताबी मूल्य १२४ रुपैयाँ ७३ पैसा छ ।

बजार मूल्यको आधारमा:

अन्तिम बजार मूल्यलाई आधार मान्दा एलआईसी नेपालको बजार मूल्य १११५ रुपैयाँ छ भने नेपाललाईफको बजार मूल्य ९९३ रुपैया छ त्यस्तै नेशनल लाईफको बजार मूल्य ५२७ रुपैया छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS