IME Life

कोरोना संक्रमित बढ्दै जाँदा बीमा कम्पनीहरु सशंकित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दैनिक दर्जनौंको संख्यामा कोरोना भाइरसबाट संक्रमितहरु बढ्दै जाँदा कोरोना बीमा पुलमा सहभागी भएका केही कम्पनीका उच्च अधिकारीहरु भने सशंकित बन्दै गएका छन् । दैनिक दर्जनौं व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमणमा पर्दै जाँदा बीमा कम्पनीका सिईओहरुको मुटुको धड्कन बढ्न थालेको छ ।

बीमा समितिले जारी गरेको कोरोना भाइरस (कोभिड–१९) बीमा पोलिसी अनुसार कोरोना भाइरस लागेको वैज्ञानिक रुपमा प्रमाणित हुने वित्तिकै बीमाङ्क रकम भुक्तानी गर्ने व्यवस्था छ । सो बीमा पोलिसी अनुसार प्रतिव्यक्ति एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमालेख जारी गरिएको छ । बीमितको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको अवस्थामा बिनाशर्त बीमितिले दावी भुक्तानी पाउने व्यवस्था छ ।

Prabhu
Crest

नेपालमा दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा बीमा कम्पनीका सिईओहरु कोरोनाको जोखिमले कतै भयावह रुप लिने त होइन ? शंसकित हुन थालेका छन् । सामान्यतया पुनर्बीमा नहुने कोरोना माहामारीको बीमा नेपाली जनतालाई राहत दिने उद्देश्यले अघि बढाएको बीमा समितिको भनाई छ ।

पछिल्लो साता कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन गई दैनिक संक्रमित हुनेको संख्या बढ्ने क्रममा रहेको छ । नेपालमा मंगलबार अपरान्हसम्म कूल कोरोना संक्रमितको संख्या ३७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्मसम्म कुनै पनि कोरोना बीमितमा कोरोनाको संक्रमण भएको छैन । कोरोना भाइरस र कोरोना बीमा दुवै बृद्धि हुँदै जाँदा भोलिका दिनमा कम्पनीमाथि आईपर्नसक्ने संकटबारे बीमा कम्पनीका उच्च अधिकारीहरु चिन्तित हुन थालेका हुन् । कोरोनाको परिक्षणको दायरा सारै कमजोर रहेको सन्दर्भमा परिक्षण बढ्दै जाँदा कोरोना संक्रमित ह्वात्तै बढ्ने हो कि ? भन्ने आंशका बीमा कम्पनीहरुमा फैलिएको पाइन्छ । पिसिआर विधिबाट मंगलबारसम्म जम्मा ३० हजार मात्रै परिक्षण गरिएको छ । त्यस्तै कोरोना बीमा पोलिसी खरिद गर्नेहरुको संख्या एक लाख नाघिसकेको छ । तराईदेखि पहाडसम्म तथा हिमालसम्म कोरोनाको संक्रमण फैलिने क्रममा रहेको छ ।

यद्यपि कम्पनीहरु आत्तिनुपर्ने अवस्था भने देखिदैन । २० प्रतिशत पुनर्बीमा कम्पनी तथा बाँकी सबै कम्पनीहरुले बराबर अर्थात ४ प्रतिशतका दरले कोरोना बीमाको हिस्सा लिएको अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन । साथै भोलिका दिन महामारीले विकराल रुप लिएको अवस्थामा सरकारसँग पनि सहकार्य गर्न सकिने बीमा समितिको प्रष्टिकरणका कारण कुनै कम्पनी विशेषले चिन्ता गर्नुपर्ने अवस्था समेत देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS