IME Life New

लकडाउनमा पनि एलआईसी नेपालको आक्रामक व्यापार, बीमा शुल्क आर्जन १० अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्ष (७६/७७)को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ ।  लकडाउनको समयमा पनि कम्पनीले आक्रामक व्यापार गर्दै कुल बीमा शुल्क आर्जन १७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १० अर्ब ३७ करोड कुल बीमा शुल्क आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ८३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै खुद बीमा शुल्क आर्जन पनि १७ प्रतिशतले वृद्धि हुँदै १० अर्ब ३१ करोड पुगेको छ। जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि हुँदै ६३ अर्ब ६७ करोड पुगेको छ । २ अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोषमा ५० करोड ६१ लाख छ।

Esewa
Crest

खुद मुनाफा १० करोड ७६ लाख रहेको छ भने प्रकाशित प्रति शेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा छ भने प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ९० पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS