IME Life

भोलिबाट काठमाडौं जिल्ला आंशिक रुपमा सिल, बाहिर निस्किए पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि आंशिक रुपमा काठमाडौं जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मान बहादुर बुढाले आज एक सूचना जारी गर्दै भोलिबाट काठमाडौंका सडकका गल्लीमा समेत निस्कन नपाइने, कुनै पनि बाहनामा घरबाट बाहिर निस्कन नदिईने प्रस्ट पारेको छ । जिप्रका काठमाडौंले पूर्ण रुपमा सिल गरेको घोषणा नगरे पनि सिल गरे सरहले कडा गरिने प्रष्ट पारेको छ । काठमाडौं प्रशासन कार्यालयले पास बिना बाहिर निस्कने जोसुकैलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।

काठमाडौं प्रशासन कार्यालयका अनुसार भोलिबाट सबै प्रकारको पुराना पासहरु रद्द गरिएको छ । आजसम्म प्रयोग हुँदै आएको पहेला पासहरु अब भोलिबाट चल्ने छैनन् । भोलिदेखि लागू हुन गरी छुट्टै नयाँ पास जारी गरिनेछ ।
आज दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंभित्रका मानिसहरुलाई अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । एम्बुलेन्स, प्रेस, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS