Connect IPS
IME Life

मंगलबारदेखि शेयर कारोबार खोल्ने धितोपत्र बोर्डको निर्णय, दैनिक दुई घण्टा खुल्ने, बोर्डले नै सवारी पास दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आज बसेको बैठकले आगामी मंगलबारदेखि शेयर कारोबार खुल्ला गर्ने निर्णय गरेको छ । बोर्डका अनुसार आइतबार र सोमबार तयारी गरेर मंगलबारदेखि बजार खोल्न लागिएको हो । लामो समयदेखि पुँजि बजारमा कारोवार ठप्प हुँदा लगानीकर्ताहरुलाई असर परेको सरकारले धितोपत्र सम्बन्धी कार्यालय आंशिक रुपमा खुल्ला गर्ने निर्णय गरेको थियो ।

बोर्डकी प्रबक्ता दीपा दाहालले दैनिक दुई घण्टा शेयर कारोबार खोल्ने निर्णय भएको बताईन् । विहान ११ः०० बजदेखि अपरान्ह १३ः०० बजेसम्म मात्रै शेयर कारोबार हुनेछ । त्यस्तै सर्किट ब्रेक २ प्रतिशतमै लाग्ने बनाइएको छ ।

Prabhu
Crest

त्यस्तै, शेयर ब्रोकर कम्पनीहरुलाई सवारी पासको व्यवस्था बोर्डले नै गर्नेछ । अर्थमन्त्रालयसँगको समन्वयमा बोर्डले शेयर कारोबारको लागि पास वितरण गर्ने जानकारी दिएको छ । पासको लागि इमेलमार्फत सम्पर्क गर्नुपर्नेछ ।
गत चैत्र १२ गतेदेखि बन्द रहेको शेयर बजार करिब ५० दिनपछि खुल्ने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS