IME Life New

सुनचादी व्यवसायीहरु राष्ट्र बैंकमा, कोरोनाले असर गरेको भन्दै सहयोग माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघले भे्ट गर्दै कोरोना संक्रमणको रोकथाम र लकडाउनको कारण उद्योग, व्यवसायमा परेको प्रतिकूल असर बारे छलफल गरेको छ ।

उक्त भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघअध्यक्ष मोहन कुमार सुनार, महासंघका विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलले वुधवार भेट गरेको हो ।

Esewa
Crest

लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न ऋणको साँवा, व्याज, किस्ता आदिको साथै उद्योग, व्यवसायलाई पुनरुद्धार गर्न अवलम्बन गर्नु पर्ने तात्कालिन एवं दीर्घकालिन उपाय बारे लिखित सुझाव पनि प्रस्तुत गरेको थियो ।

आभुषण क्षेत्रले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं रोजगारी विस्तारमा उल्लेखनीय टेवा पु¥याउन सक्ने हुँदा यसलाई बढावा दिन सरकारले विशेष ध्यान दिनु पर्नेमा प्रतिनिधि मण्डलले जोड दिएको छ ।

सो अवसरमा गभर्नरले महासंघहरुबाट प्रस्तुत सुझाव एवं अवधारणा प्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS