IME Life New

शुक्रबारदेखि लकडाउन खुकुलो, देशैभरिका उद्योगहरु खुल्ला गर्ने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको लकडाउन जारी राख्ने निर्णयसँगै आगामी शुक्रबारदेखि देशैभरिका उद्योगहरु खोल्ने निर्णय समेत गरेको खुलेको छ । देशैभरिका हजारौं उद्योगहरु खुल्ने भएसँगै आगामी शुक्रबारदेखि लकडाउन खुकुलो हुनेछ ।

बुधबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार औद्योगिक क्षेत्रमा रहेका सबै उद्योगहरु सञ्चालन गर्न पाइनेछ । यस्तो निर्णयसँगै पाटन, बालाजु, हेटौडा, विराटनगर, पोखरालगायतका औद्योगिक क्षेत्रभित्रका सबै उद्योगहरु खोल्न अनुमति दिइएकोछ । त्यस्तै, औद्योगिक क्षेत्र बाहिर रहेको प्रायः सबै उद्योगहरु खुल्ला हुनेछन् । सरकारले कुल ४१ वटा उद्योगको सूचि सार्वजनिक गरेको छ भने लघु उद्योग, विशेष आर्थिक क्षेत्रमा रहेको उद्योग तथा औद्योगिक क्षेत्रमा रहेका सबै प्रकारका उद्योगहरु सुचारु गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

आगामी शुक्रबारदेखि सञ्चालनमा आउने निर्णय गरिएको उद्योगको सूचीः
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS