IME Life New

नेपाली बीमा क्षेत्रलाई स्तब्ध पार्दै बिदा भए शैलेन्द्र श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । नेपाली बीमा क्षेत्रका प्रख्यात बिमा विज्ञ, प्रशासक तथा सञ्चालक शैलेन्द्र कुमार श्रेष्ठको अमेरिका भ्रमणको क्रममा त्यही निधन भएको छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको पुनर्बीमा सल्लाहकारको रुपमा कार्यरत रहेका श्रेष्ठ एक महिना लामो अमेरिका भ्रमणको क्रममा निधन भएको पुनर्बीमा कम्पनीले पुष्टि गरेको छ ।

Esewa
Crest

गत फागुनको दोस्रो साता एक महिना विदा लिएर अमेरिका गएका श्रेष्ठ कोरोना महामारीको कारण लकडाउन नखुल्दा नेपाल फर्कन सकेका थिएनन् । उहाँको कोरोना भाइरसबाट नभई अन्य कारणबाट निधन भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपालको बीमा क्षेत्रसँगै जोडिएर आउने नाम हो शैलेन्द्र कुमार श्रेष्ठ । उनलाई नेपाली बीमा क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्ड भनेर पनि चिनिन्छ । २००४ असोज ८ गते सालमा स्थापना भएको नेपाल माल चलानी तथा बीमा अड्डादेखि राष्ट्रिय बीमा संस्थानसम्ममा काम गरेका श्रेष्ठले नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन अतुलनीय भूमिका निर्वाह गरेका थिए ।

श्रेष्ठको निधनबारे नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझीले भने ‘उहाँ नेपाल पुनर्बीमा कम्पनीको सल्लाहकार हुनुहुन्थ्यो, उहाँको निधनले सिंगो नेपाली बीमा क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ, हामी स्तब्ध हुन पुगेका छौं ।’
नेपाल पुनर्बीमा कम्पनीको बजार विश्वका तीन दर्जन देशमा विस्तार गर्न उनै श्रेष्ठ उच्च छवीका कारण नै सम्भव बनेको थियो । छिमेकी मुलुक भारत, सिंगापुर, अमेरिका, स्वीटजरल्याण्ड, बेलायतमा नेपाली बीमा क्षेत्रसँगै श्रेष्ठको नाम जोडिएर आउने गर्दथ्यो । स्वीस री, म्यूनिख री, बेलायतको लोयट्स कम्पनीमा समेत शैलेन्द्र श्रेष्ठको नाम लिने वित्तिकै नेपाली बीमा कम्पनीले विशेष सम्मान पाउने नेपाली बीमा क्षेत्रको अनुभव छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सका संस्थापक समेत रहेका श्रेष्ठको सो बीमा कम्पनीका सञ्चालक समेत थिए । श्रेष्ठको निधनसँगै नेपाली बीमा क्षेत्रले अपुरणीय क्षति व्यहारेको छ । विश्वभर फैलिएको कोरोनाको सन्त्रासका बीच नेपाली बीमा क्षेत्रले ५० वर्षभन्दा लामो समय बीमा क्षेत्रमा बिताएको होनाहार व्यक्तित्व गुमाउन पुगेको हो । इन्स्योरेन्स खवर नेपाली बीमा क्षेत्रका होनाहार व्यक्तित्व श्रेष्ठको निधन दुखः व्यक्त गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS