IME Life New

लकडाउन खुकुलो बनाउने तयारी गर्दागर्दै कोरोना संक्रमित ह्वात्तै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाविरुद्धमा सरकारले घोषणा गरेको लकडाउन ४२ औं दिनमा आईपुग्दा नेपालभित्र अन्यत्र जस्तो डरलाग्दो अवस्थामा कोरोनाको संक्रमण फैलिन नपाएको भएपनि पछिल्ला केही दिनमा नेपालगन्जको स्थानीय समुदायमा कोरोना संक्रमण फैलिएसँगै आगामी २५ गतेपछि केही खुकुलो बनाउने भनिएको लकडाउन पुनः प्रभावित हुने खतरा बढेको छ ।

छिमेकी देश भारतमा तीव्र गतिमा बढिरहेको कोरोनाको कारण आगामी २५ गतेपछि नेपालमा जारी लकडाउन केही खुकुलो बनाउने कि यथाअवस्थामा जारी राख्ने भन्ने विषयमा नेतृत्वकर्ताहरुकै बीचमा छलफल बहस भइरहेको बेला श्रृंखलाबद्ध कोरोना संक्रमितहरु भेटिन थालेपछि सरकारमाथि थप दवाव बढेको छ ।

Esewa
Crest

आइतबार एकै दिन १६ जना कोरोना संक्रमित फेला परेपछि नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । नेपालगन्जमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ४५ जनाको परिक्षण बाँकी रहेकाले कोरोनाको संक्रमित थप बढ्न सक्ने अनुमान गरिएको छ । नेपालगन्जमा रहेका पत्रकारहरुका अनुसार स्थानीय तहमा कोरोना फैलिएको पुष्टि भएबाट एक सयभन्दा बढि कोरोना संक्रमित हुनसक्ने अनुमान गरिएको छ । सरकारले सो क्षेत्रलाई सिल गरी सबैको परिक्षण सुरु गरिसकेको छ । सम्भवतः मंगलबारसम्ममा नेपालगन्जको रिपोर्ट आईपुग्नेछ ।

यसैबीच, सरकारले लकडाउन खुकुलो बनाउने सम्बन्धमा छलफल सुरु गरेको छ । सरकारले जारी लकडाउनलाई अतिआवश्यक क्षेत्र, सबै उद्योग कलकारखाना, कृषि तथा औजार, सूचना प्रविधि तथा आंशिक रुपमा कार्यालय खुल्ला गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाले भने, अहिले नै हामीले खुकुलो पार्ने निर्णय गरिसकेका छैनौं, कसरी खुकुलो पार्न सकिन्छ भने विभिन्न खाका तयार गरेर छलफल गर्दैछौं ।’

स्वास्थ्य मन्त्रालयले जारी लकडाउन विभिन्न चरणमा खुकुलो पार्ने सम्बन्धमा विभिन्न कोणबाट छलफल गरिरहेकै बेला आइतबार एकैदिन १६ जनामा कोरोनाको संक्रमण देखिएपछि सरकारमाथि थप दवाव परेको छ । साथै नेपालगन्जमा स्थानीय तहमा फैलिएको पाइएपछि लकडाउन खुकुलो पार्ने तयारी नै प्रभावित हुने सम्भावना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS