काठमाडौं । बाँकेको नेपालगंजमा एकैदिनमा ९ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ननेपालगंजमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना सक्रमण भएको पुष्टि भएको हो । संक्रमितमध्ये पाँचजना पुरुष र चारजना महिला रहेको मन्त्रालयले जनाएको छ।
आज विरगंजमा थप एक जना कोरोना संक्रमित भोटिएको छ । नेपालगज र विरगज गरी एकैदिनमा १० जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या ६९ पुगेको छ ।