Connect IPS
IME Life

बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण म्याद असारसम्म थप गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउनका कारण सिंगो देश ठप्प भएपछि सरकारले बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद असारसम्म थप गर्न निर्देशन दिएकोछ । सरकारको निर्देशनसँगै बीमा समितिले पनि सोही बमोजिमको तयारी सुरु गरिसकेको छ । सम्भवतः आज नभए आईतबार नयाँ निर्देशनमार्फत बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्सको नविकरण गर्ने म्याद थप हुनेछ । सर्भेयरको लाईसेन्सको म्याद २०७६ चैत्रभित्रमा नविकरण गर्ने व्यवस्था छ ।

अर्थ, सञ्चार तथा सूचना मन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना महामारीका कारण सरकारले लागू गरेको लकडाउनको कारण बीमाशुल्क संकलन गर्ने समयावधी थप गरेको जनाएका छन् । त्यस्तै बीमितलाई पनि बीमा शुल्क भुक्तानी गर्ने म्याद थप गर्न भनिएको छ । सोही बमोजिम तयारी भइरहेको बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

जीवन बीमाको प्रिमियम वापतको रकम संकलन गर्ने अवधि जेठ मसान्त सम्म थप गर्ने तयारी भइरहेको छ । सो सम्बन्धमा गत बुधबार गठन गरिएको कार्यदलले समेत तयारी गरिएको जनाएको छ । सरकारले निर्जिवन बीमालाई पनि राहत दिने भएको छ । बीमा अवधि सकिएको बीमालेखको विद्युतिय माध्यमबाट लिखित अनुरोध आएमा नविकरण गर्ने र त्यस्तो बीमा पोलिसीको म्याद लकडाउन सकिएको मितिले १५ दिन सम्म कायम गर्ने व्यवस्था मिलाइने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS