IME Life New

चालु आर्थिक वर्षमा जन्मिए करिब ३९ हजार नया बिमा अभिकर्ता, तर २५ प्रतिशत मात्र सक्रिय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं, फागुन २८  आर्थिक वर्ष २०७४÷०७५ मा बीमा समितिबाट ३८ हजार ८ सय ३३ जनाले अभिकर्ता इजाजतपत्र लिएका छन् । बीमा समितिको फागुन १५ सम्मको तथ्याङक अनुसार इजाजतपत्र लिएका बीमा अभिकर्तामध्ये २५ प्रतिशत मात्र सक्रिय देखिन्छन ।

तर हालसम्म समितिबाट जीवन र निर्जीवन गरी ३ लाख ८७ हजार ८ सय ८१ जनाले अभिकर्ताले इजाजतपत्र लिएका छन् । यसमा दुवै बीमाक्षेत्रमा गरेर ९५ हजार ७ सय ६६ अभिकर्ता मात्र सक्रिय रहेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ ।

Crest

यस बीमा समितिका अनुसार उनीहरू पनि सक्रिय अभिकर्ताका रूपमा रहेतापनि उनीहरूभित्र पनि निष्क्रिय हुन सक्ने भएकाले आगामी वर्षको तथ्याङ्कमा सक्रिय अभिकर्ता अझ कम हुने समितिले जनाएको छ ।

बीमा समितिअनुसार आगामी चैत मसान्तसम्मका लागि पुराना अभिकर्तामध्ये ५६ हजार ९ सय ३३ जनाले इजाजतपत्र नवीकरण गरेका छन । बीमा ऐन २०४९ अनुसार उनीहरू सक्रिय बीमा अभिकर्ता हुन् ।

बीमा अभिकर्ता तालीम निर्देशिका २०७२ अनुसार बीमकले सञ्चालन गर्ने प्रत्येक तालीममा ५० जना सम्मको उपस्थिति अनिवार्य हुन्छ । तालीम लिँदाको जोशमा प्रशिक्र्षीहरुले इजाजतपत्र लिने गरेको पाइन्छ । तालिम पश्चातभने व्यापार नपाउनु, आफ्नै पेशामा व्यस्त हुनु तथा विदेश प्लायन हुनु जस्ता कारणले अभिकर्ताहरू सक्रिय हुन नसकेको बीमा समितिले जनाएको छ ।

बजारसँग प्रतिस्पर्धा गर्न बिमा कम्पनीलेहरु ले जथाभाबी इजाजतपत्र दिँदा निष्क्रिय अभिकर्ताको संख्या बढी भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS