IME Life New

नीति तथा कार्यक्रम र बजेटमा बीमाः बहस र छलफलकै अभाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले संसद बैठक आह्वान गर्ने तयारी सुरु गरेको छ । ढिलोमा अबको १५ दिनभित्रैमा सरकारले आगामी वर्षको लागि नयाँ नीति तथा कार्यक्रम घोषणा हुनेछ । त्यस्तै जेठ १५ मा आर्थिक वर्ष २०७७।०७८ को लागि नयाँ बजेट घोषणा हुनेछ । देशको अर्थतन्त्रको मार्गनिर्देशन गर्ने बजेट तथा नीति तथा कार्यक्रम अघि अर्थतन्त्रका हरेक क्षेत्रमा बहस जरुरी हुन्छ । तर, बीमा क्षेत्रमा बजेटबारे यस वर्ष बहस गर्न कठिन हुने देखिएको छ ।

Esewa
Crest

कोरोनाको कारण सिंगो देश लकडाउनमा छ । सोही कारण पनि यस वर्ष आगामी रणनीतिमा बीमाबारे पर्याप्त छलफल र बहस हुन नपाउने भएको हो । बीमा समितिले बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव मन्त्रालयमा बुझाईसकेको जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, हामीले दुई वटै बीमक संघ, अभिकर्ता संघसँग सझुाव मागेर उहाँहरुको सुझाव सहितको प्रतिवेदन बुझाईसकेका छौं ।’

बीमा समितिले सझुाव बुझाए पनि यसवर्ष बीमा बारेमा गहकिलो छलफल नभएको बीमा कम्पनीहरुको भनाई छ । कोरोना महामारीको समयमा बीमा क्षेत्रलाई दिने राहत प्याकेजको विषय लगायतका गहन विषयहरुमा गम्भिर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको बीमा विश्लेषकहरुको भनाई छ । सर्वसाधारणको साढे दुई खर्बभन्दा बढि बचत, बार्षिक खर्बौं रुपैयाँको जोखिम बहन गर्ने बीमा क्षेत्रमा सरकारले अपनाउने आगामी रणनीतिका सम्बन्धमा हुने छलफल साँघुरैमा टुंगिएएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS