काठमाडौं । कोरोना महामारीका बीचमा सेवा प्रवाह गरिरहेका बैंकहरु भोलि र पर्सी भने बन्द हुने भएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक दिवस परेकाले अधिकांश बैंकहरुले खुल्ने सूचना जारी गरेका छैनन् । त्यस्तै पर्सी शनिबार परेकाले सरकारी सहितका धेरै जसो बैंकहरु बन्द हुनेछन् । आज वित्तीय कारोवार भएपछि एकैपटक आइतबार मात्रै खुल्नेछ ।
कोरोना महामारीको समयमा अधिकांश बैंकहरुले सीमित शाखा कार्यालय पूर्व सूचनाको आधारमा खुल्ला राख्दै आएका छन् । त्यस्तै एटिएम मेशिनहरु भने खुल्ला रहनेछन् ।