IME Life New

जीवन बीमा क्षेत्रको समस्या अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना महामारीको कारण जीवन बीमा क्षेत्रमा परेको प्रभावको अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । बीमा समितिमा हिजो बसेको बैठकपछि नेपाल लाईफका सिईओ विवेक झाको संयोजकत्वमा पाँच सदस्यी कार्यदल गठन गरेको हो । सात दिनभित्रमा पाँच सदस्यीय कार्यदलले जीवन बीमा क्षेत्रको समग्र अवस्थाको बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बीमा पोलिसी धितोमा प्रवाह भएको करिब ४० अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा कोरोना महामारीमा ति ऋणीहरुलाई कसरी छुट दिने भन्ने सम्बन्धमा ठोस रणनीति बनाउने गरी कार्यदल गठन गरिएको हो ।

Esewa
Crest

साथै कार्यदलले जीवन बीमा क्षेत्रमा भएका अन्य समस्याहरुको विषयमा समेत सुक्ष्म अध्ययन गरी समस्या समाधानको लागि प्रतिवेदन पेश गर्नेछ । कार्यदलले पेश गरेको प्रतिवेदनमाथि बीमा समितिमा पुनः छलफल गरेर समस्या समाधान गरिने बीमा समितिले जनाएको छ । कार्यदलमा नेपाल लाईफ इन्स्योरेन्स, एलआईसी नेपाल, नेशनल इन्स्योरेन्स, युनियन लाईफ, सिटजन्स लाईफ इन्स्योरेन्सका सिईओ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS