IME Life New

बीमा कम्पनीमा आकर्षित छैनन् विद्यार्थीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिजया बास्कोटा
नेपालमा वित्तिय क्षेत्रको तुलनामा बीमा व्यवसायको सुरुवात पहिला भएपनि यस प्रति विद्यार्थीहरुको आकर्षण कम रहेको बीमा प्राध्यापकहरु बताउँछन् । वित्तिय क्षेत्रमा बढी ग्ल्यामरस हुने तर, बीमा कम्पनीको बिषयमा विद्यार्थीहरु जानकार हुने भएकाले विद्यार्थीहरुको रोजाईमा बीमा क्षेत्र नपर्ने गरेको उनीहरुले बताए ।


जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धि कार्यशालमा बोल्दै प्राध्यापकहरुले अधिकांश विद्यार्थीहरुको रोजाई बैकिङ्ग नै हुने गरेको बताए । स्नातक अध्ययन गर्न आउँने विद्याथी स्वयंमलाई बीमाको बारेमा जानकारी हुँदैन त्यसैले उनीहरुले यो क्षेत्र प्रति खासै उत्साहित नहुने गरेको अध्यापकहरु बताउँछन् ।
त्यस्तै, बीमा बिषय अध्ययन गरेका विद्यार्थीलाई बीमा कम्पनीहरुले इन्र्टनसिपमा पनि नराख्ने हुँदा विद्यार्थीहरु बाध्य भएर बैकमा जानेको गरेको अध्यापकहरुले गुनासो गरे ।

Esewa
Crest

तर, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष एवम् नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले भने कलेजहरुले ओरियनटेशन क्लासमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कहिल्यकै नबोलाउँने गरेको बताए । ‘कलेजहरुले बैकिङ्ग क्षेत्रमा व्यक्तिलाई बोलाएर मात्र ओरियनटेशन क्लास दिन्छन् । अध्ययन सुरु हुन पूर्व हामीलाई बोलाउँनुहोस । हामी विद्यार्थीलाई बीमा क्षेत्रको महत्व बुझाउँछौ,’ उनले भने । ओरियनटेशनमा बीमा शब्द नसुेको विद्यार्थीले कसरी बीमा क्षेत्रमा जाने निर्णय गर्न सक्छ त ? उनले प्रश्न गरे ।

अबको समय भनेको बीमा क्षेत्रको हो । त्यसैले यसमा अधिक सम्भावना रहेको बताउँदै यस क्षेत्रमा बिद्यार्थीलाई आकर्षण गर्न प्राध्यापकहरुले बिद्यार्थीहरुलाई बीमाको महत्व बुझाउँनुपर्ने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रताप प्रधानले बताए । प्रा.डा.राजन् बहादुर पौडेले भने बिद्यार्थी बीमा क्षेत्रमा आकर्षित गर्न बिद्यार्थीलाई लक्षित गरी कुनै बीमा योजना सञ्चालन गर्न सकिने बताए ।

६ दिनसम्म काठमाडौमा सञ्चालन भएको जोखिम व्यवस्था तथा बीमा बिषयक कार्यशालको अन्तिम दिन बीमा उद्योगी तथा बीमा बिषयका अध्यापक बिच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS