IME Life New

लकडाउनकै बीच कोरियाले नेपाली कामदार लैजाने, मन्त्रिपरिषदले गर्यो यस्तो निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले कोरोना महामारीका नेपाली कामदारलाई दक्षिण कोरिया लैजाने अनुमति दिएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । दक्षिण कोरियाले लकडाउनकै बीचमा भएपनि माग अनुसार भाषा परिक्षण उत्तिर्ण गरेर बसेका कामदार लैजाने आशय व्यक्त गरेपछि सरकारले बाटो खोलेको जनाइएको छ ।

नेपाले दक्षिण कोरियासँग गरेको श्रम सम्झौता अनुसार इपिएस अन्तर्गतका भाषा परिक्षा उत्तिर्ण गरेर प्रतिक्षा सूचिमा रहेकाहरुलाई कोरिया लैजान अनुमति दिने निर्णय आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको सूचना प्रविधि तथा सञ्चार मन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

Esewa
Crest

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उनले जारी लकडाउन बिहिवार मध्यराति १२ सम्मका लागि बढाइएको जानकारी दिए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकाहरु आवागमन स्थगन गर्ने निर्णय बैशाख ३१ गते मध्यरातिसम्मको लागि बढाइएको जानकारी दिएका छन् ।

इपिएस अन्तर्गत कोरियामा काम गर्ने श्रमिकहरुलाई सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS