IME Life New

लकडाउनले शाखाहरु नखुल्दा बीमा कम्पनीको तथ्याङ्क संकलनमा समस्या

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनमा बीमा कम्पनीका कतिपय शाखा कार्यालयहरु नखुल्दा निर्जिवन तथा जीवन बीमा कम्पनीहरुलाई तथ्याङ्क संकलनमा समस्या परेको छ । बीमा कम्पनीहरुले प्रत्यक महिना एनएफआरएर अनुसारको वित्तीय विवरणहरु बीमा समितिमा पठाउनुपर्ने भएपनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण समेत बीमा समितिले प्राप्त गर्न सकेको छैन ।
सम्बन्धीत बीमा कम्पनीका देशैभरिका शाखा कार्यालयहरु नखुलेका कारण तथ्याङ्क संकलनमा समस्या भएको बीमा समितिले जनाएको छ । समितिले तथ्याङ्कको विश्वसनीयताका लागि लकडाउन खुलेपछि मात्रै तथ्याङ्क लिने योजना रहेको छ । बीमा समितिले स्रोतले भन्यो, ‘कतिपय कम्पनी शाखा कार्यालय नै खुलेको छैन, हचुवाका भरमा तथ्याङ्क लिँदा समस्या हुनसक्ने भएकाले लकडाउन अवधीमा विवरण बुझाउन कडाई गरेका छैनौं ।’
बीमा कम्पनीहरु खुल्ला भएको एक सातापछि मात्रै दशैभरिका बीमा कम्पनीहरुको विवरण तयार हुने एक बीमा कम्पनीका सिईओले बताए । उनले भने, ‘यस्तो समयमा पनि तथ्याङ्क चाहियो भन्नेहरु पनि छन्, तर सबै शाखा खुल्ला नभएसम्म एकिन तथ्याङ्क दिने अवस्था छैन ।’
कतिपय पहाडी जिल्लाहरुको शाखा कार्यालय गत चैत्र ११ गतेदेखि नै खुल्न सकेको छैन । कर्मचारीहरुले घरैमा बसेर काम गरेका कारण कूल विवरण तयार हुन पुनः कार्यालय नै खुल्नुपर्ने बीमा कम्पनीहरुको भनाई छ । सुविधा सम्पन्न र शहरी क्षेत्रमा रहेका धेरै बीमा कम्पनीका थुप्रै शाखा कार्यालयहरु खुल्ला भएपनि पहाडी क्षेत्र, विकट क्षेत्रमा सयौं शाखा कार्यालय तथा उपशाखा कार्यालयबाट अन्तिम विवतरण प्राप्त भएपछि मात्रै एकीकृत तथ्याङ्क तयार हुनेछ ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुसँग बीमा शुल्कः प्रथम र कूल, बीमा पोलिसी धितोमा ऋण लगायतका विवरण नियमित लिने गरेको छ भने निर्जिवन बीमा कम्पनीहरुसँग बीमा शुल्क आर्जन, दावी भुक्तानी, दावी भुक्तानी हुन बाँकी रकम लगायतका विवरण लिने गरेको छ । बीमा कम्पनीहरु आफैले तथ्याङ्क तयार पार्न नसकेपछि बीमा कम्पनीमा बुझाउन नसकेको बीमा कम्पनीहरुको भनाई छ ।

 

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS