IME Life

नेपालगन्जमा दुर्घटनाग्रस्त नेपाल एयरलाइन्सको वाई१२ जहाज उडान अयोग्य, करोडौं बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमितको आशंका गरिएको व्यक्तिको नमुना लिन काठमाडौंबाट नेपालगन्जको लागि उडानको क्रममा नेपालगन्जस्थित विमानस्थलमा दुर्घट्नाग्रस्त भएको नेपाल एयरलाइन्सको वाई १२ जहाज उडान भर्न अयोग्य घोषणा गरिएको छ । यससँगै सो जहाजबाट करोडौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । चीन सरकारसँग अनुदान र सहुलियतपूर्ण ऋणमा ल्याइएका सो जहाज उडान उडान अयोग्य घोषणा गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । गत चैत १५ मा नेपालगञ्जस्थित विमानस्थलमा अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको सो जहाजको भित्री भाग क्षतविक्षत भएको पाइएको छ । यद्यपि बाहिरबाट हेर्दा जहाज सद्दे जस्तै देखिन्छ ।

Prabhu
Crest

जहाजको टेक्निकल अडिट गर्ने प्राधिकरणको ‘एयर वर्दिनेस डिपार्टमेन्ट’ ले जहाज उडानभर्न अयोग्य घोषणा गरेको हो । सो घोषणासँगै बीमा कम्पनीमाथि करोडौं रुपैयाँको भार पर्ने भएको छ ।

वाई १२ जहाजको मूल्य करिब ३० करोड पर्दछ । तीन वटा वाई १२ र एउटा एमए ६० जहाज कूल तीन अर्ब ८० करोड मूल्यमा सहुलियत किस्ताबन्दीमा खरिद गरिएको हो । आगामी २०७७ सालपछि मात्रै सो जहाजको किस्ता तिर्नुपर्नेछ । कमाएर तिर्ने शर्तमा अनुदान र सहुलियत ऋणमा चीनबाट ल्याइएको छ वटा जहाज मध्ये किस्ता तिर्ने समय आईनपुग्दै जहाज कामै नलाग्ने अवस्थामा पुगेको छ । सो जहाजको किस्ता आगामी कार्तिकबाट तिर्नुपर्नेछ ।

जहाजमा जडित इन्जिनको आयु अनुसार जहाजको बीमा गरिएको हुन्छ । यद्यपि उक्त जहाजको इन्जिन काम लाग्ने भएकोले सोही अनुसार बीमा दावी भुक्तानी गर्दा करोडौं रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । नेपाली बीमा कम्पनीले न्यून र झण्डै शतप्रतिशत पुनर्बीमा विदेशी कम्पनीमा गरिने भएकोले उक्त जहाज दुर्घटनाका भार नेपाली बीमा कम्पनीमा न्यून मात्रै पर्नेछ ।

दुर्घटनामा चालक दलका सदस्य तथा तीन जना स्वास्थ्यकर्मीको टोली सकुशल रहेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS