IME Life

एकैदिन तीन जना कोरोना संक्रमित निको भए, आजै दुई जना डिस्चार्ज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा समेत दिनप्रति दिन बढ्ने क्रममा रहेको छ । हिजो एकै दिन १४ जना नयाँ संक्रमित भेटिए भने निको हुने क्रम समेत सुरु भएको छ । शनिबार एकै दिन दुई जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् भने अर्का एक जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

Prabhu
Crest

शनिबार काठमाडौंस्थित टेकु अस्पतालबाट श्रेष्ठ थरकी एक युवतीले शनिबार दिउँसो डिस्चार्ज भएकी छिन् । ति युवतीले टेलिभिजनमा अन्तर्वार्ता दिएर कोरोनामाथि बिजय प्राप्त गर्न सकिने सन्देश दिएकी छिन् । उनले अस्पतालमा बस्दा सुरुमा सास फेर्न गाह्रो भएको, पेट दुखेको जनाएकी छिन् । नेपाल टेलिभिजनबाट प्रशारित भएको अन्तर्वार्तामा भनेकी छिन्, ‘म सेल्फ आईसोलेशनमा नबसेको भए परिवारमा फैलिन्थ्यो, अरुलाई पनि फैलन सक्थ्यो । त्यसैले सेल्फ आईसोलेशन एकदमै जरुरी छ ।’

बाग्लुङ्की ६५ बर्षिया महिलामा पनि कोरोनाको संक्रमण नेगेटिभ देखिएपछि शनिबार साँझ घर फर्केकी छिन् । उनी कोरोना लागेर डिस्चार्ज हुने तेस्रो संक्रमित हुन् । पहिलो संक्रमित चीनको वुहानमा देखिँदासँगै नेपालमा देखिएर टेकु अस्पतालमा केही समय बसेपछि पहिले नै डिस्चार्ज भइसकेका छन् ।
उता, कैलालीमा रहेका पाँच जना कोरोना संक्रमित मध्ये भारतबाट फर्केका लम्कीचुहाका २१ बर्षिय युवकको कोरोना भाइरस नेगेटिभ देखिएको छ । उनलाई डिस्चार्ज गर्नुअघि थप परिक्षण गरिने जनाइएको छ । सबै रिपोर्ट नेगेटिभ आएमा सम्भवतः आईतबार डिस्चार्ज गरिनेछ ।

नेपालमा कोरोनाको संक्रमण पुष्टि भएका कोही पनि व्यक्तिलाई गम्भिर प्रकृतिको संकेत देखिएको छैन । उनीहरु सबै अस्पतालको आईसोलेशनमा सामान्य अवस्थामा छन् । विश्वभर कोरोनाबाट डेढलाख भन्दा बढि मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २२ लाख भन्दा बढि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS