Connect IPS
IME Life

राष्ट्र बैंकले तीन जना निर्देशकलाई फिल्डमा उतार्यो, ब्याज छुट पाइएन् ? तत्काल फोन गर्नुस्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको महामारीमा बैंक तथा वित्तिय संस्थाबाट प्रवाह हुने सेवा तथा सरकारले घोषणा गरेको राहत कार्यान्वयन गर्न तीन जना कार्यकारी निर्देशकलाई फिल्डमा परिचालन गरेको छ ।

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट प्रवाह हुने बैंकिङ कारोबार, ब्याज छुट समेत नपाएको अवस्थामा कार्यकारी निर्देशक देव कुमार ढकाललाई परिचालन गरेका छ । त्यस्तै विप्रेषण, टिटी ट्रान्सफर, बैंक ट्रान्सफर तथा एलसी खोल्न समस्या भएमा तत्काल समाधान गर्ने गरी कार्यकारी निर्देशक बम बहादुर मिश्र र एटिएम, मोबाईल बैंकिङ लगायतका सेवा सुविधाका लागि कार्यकारी निर्देशक रेवती प्रसाद नेपाललाई फिल्डमा खटाएको छ । मोबाईल नम्वरसहित खटाइएका उनीहरुलाई सेवा प्रवाहमा समस्या देखिएमा गुनासो सुनेर तत्काल एक्सनमा जाने गरी परिचालन गरिएको जनाइएको छ ।

Prabhu
Crest

कोरोना महामारीमा बैंक तथा वित्तिय संस्थाहरुले विशेषतः ब्याज छुट नदिई फट्याई गरेको सन्दर्भमा ढकालले हेर्नेछन् । त्यस्तै विदेशबाट आएको रेमिट्यान्स भुक्तानीमा गडबढ गर्न सक्ने अवस्थालाई मिश्रेले सम्हाल्नेछन् भने अनलाईन बैंकिङ, एटिएमबाट पैसा नआउने लगायतको समस्या सम्बन्धी गुनासो नेपालले सुन्नेछन् ।

केन्द्रीय बैंकले तीन जना कार्यकारी निर्देशकलाई फोकल पर्सन तोकेर समस्या समाधानको लागि समन्वय गर्ने जिम्मेवारी समेत तोकिएको जनाइएको छ ।

राष्ट्र बैंकले तीन कार्यकारी निर्देशकलाई फोकल पर्सनका रुपमा नियुक्त गरी उनीहरुको मोवाइल नम्बर समेत सार्वजानिक गर्दै बैंक तथा वित्तिय संस्थाहरुले गडबढ गरेमा गुनासो गर्न भनिएको छ । राष्ट्र बैंकले वित्तीय संस्थाबाट प्रवाह हुने सेवाको सम्बन्धमा सर्वसाधारणबाट सिधैं गुनासो सुनेर एक्सनमा जान टास्कर्फो गठन गरिएको केन्द्रीय बैंकले जनाएकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS