Connect IPS
IME Life

लकडाउन खोल्दै युरोप, नेपालमा कहिले खुल्ला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) ले बितण्डा मच्चाएपछि लकडाउन गरिएको युरोप विस्तारै सामान्यीकरण हुँदै खुल्न थालेका छन् । नेपालमा पनि कोरोना भाइरसका विरुद्धमा लकडाउन गरिएको आज २४ दिन पूरा भएको छ । अझै कतिदिन यो जारी रहन्छ अनिश्चित छ ।

कोरोना भाइरसको महामारीबाट उम्किन लामो समय लकडाउन गरेपनि त्यसबाट सिंगो अर्थतन्त्र र देश ध्वस्त हुनेसक्ने भएपछि युरोप विस्तारै उठ्ने क्रममा रहेको छ । युरोपका देशहरु अष्ट्रिया, इटाली, डेनमार्क र स्पेनले आंशिक रुपमा केही व्यवसाय खोल्न अनुमति दिएको छ । यससँगै युरोप विस्तारै खुल्ला हुने क्रमा अघि बढेको छ ।

Prabhu
Crest

अष्ट्रियाले गत अप्रिल ६ तारिखबाट साना लगानीका व्यवसाय सञ्चालन गर्न अनुमति दिएसँगै हजारौं मानिसहरुले काममा फर्किसकेका छन् । त्यस्तै, डेनमार्कले पनि ११ वर्षसम्मका बालबालिकाका लागि नर्सरी तथा विद्यालयहरु खुला गर्ने निर्णय गरेको छ । अत्याधिक मानिसको मृत्यु भएको स्पेनमा निर्माण र औद्योगिक (उत्पादन) क्षेत्रमा काम सुचारु गर्न अनुमति दिइएको छ ।

एक लाख ३४ हजार भन्दा बढि मानिस संक्रमित भएको युरोपको जर्मनीमा आगामी मे ४ देखि बजार खोल्ने तयारी त्यहाँको सरकारले गरेको छ । युरोपका केही शहरहरु खुल्न थालेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले मे ३ सम्म हाल जारी कडा लकडाउन कायम राख्दै मे ४ देखि स्कुल र साना पसलहरु पुनःसंचालनमा ल्याउने मिति घोषणा गरेकी हुन् ।

जर्मनीमा रेष्टुरेन्ट, सभा सम्मेलन तथा सार्वजनिक कार्यक्रमहरु आगामी अगस्ट सम्मको लागि निधेष गरिने जनाइएको छ ।
नेपालमा कहिलेबाट खुल्छ भनेर अझै एकिन भन्न सकिने अवस्था छैन । गत चैत्र ११ गतेदेखि लकडाउन गरिएको नेपालमा आगामी बैशाख १५ गतेसम्मको लागि जारी राख्ने निर्णय नेपाल सरकारले निर्णय गरिसकेको छ । बैशाख १५ पछि पनि खुल्छ या खुल्दैन, मानिसहरु अन्योलमा छन् । अहिलेको अवस्थालाई विश्लेषण गरेर यति भन्न सकिन्छ, बैशाख १५ पछि लकडाउन जारी राख्ने निर्णय गरिए पनि आंशिक रुपमा खुल्ला गर्दै लकडाउन थप खुकुलो भने बन्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS