IME Life New

लकडाउनकै बीच निर्जिवन बीमा कम्पनीहरुद्वारा ५० प्रतिशत भन्दा बढि बीमा शुल्क आर्जन, बीमा कम्पनीहरु उत्साहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालनमा रहेका १८ वटा नेपालमा दर्ता भएका कम्पनी तथा दुई वटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयले लकडाउनकै बीचमा औषतमा ५० प्रतिशत बीमा शुल्क आर्जन गर्न बीमा कम्पनीहरु सफल भएको पाइएको छ ।

Esewa
Crest

लकडाउनकै अवधीमा आफ्ना सबै बीमा पोलिसी नविकरण गर्न सफल भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिईओ कमल गौतमले बताए । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले पनि लकडाउनकै अवधीमा ६० प्रतिशत बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ । पुराना कम्पनीहरुले आफ्ना क्लाईन्टको बीमा पोलिसी सामान्यतया नविकरण गरिएको अधिकांशको भनाई छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रले भने, ‘तथ्याङ्क नै संकलन गरिएको त छैन, तर लकडाउनका बीचमा ५० देखि ६० प्रतिशत व्यवसाय सबै बीमा कम्पनीहरुले गरेको हुनुपर्छ ।’ अर्को एक पुरानो बीमा कम्पनीका डेपुटी सिईओले भने, ‘दैनिक पाँच लाखको बीमा शुल्क आर्जन घटेको छैन ।’

लकडाउन अवधीमा अधिकांश बीमा कम्पनी बन्द घरैमा बसेर बीमा कम्पनीहरुले काम गर्दै आएका छन् । सबै बीमा कम्पनीहरुले डिजिटल कार्यालय सञ्चालनमा ल्याएका छन्, त्यहीँबाट उनीहरुले बीमा पोलिसी भने नविकरण गर्न सफल भएका हुन् । सिंगो देश ठप्प भई खाद्यान्न र पानी बाहेकका सेवा बन्द हुँदा समेत ५० प्रतिशतभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएपछि बीमा कम्पनीहरु उत्साहित भएका छन् । एक सिईओले भने, ‘हामीले राम्रैग्रोथ गर्दैै थियौं, अब सबै ठप्प हुन्छ जस्तो लागेको थियो, तर, लकडाउनकै बीचमा करिब ७ करोडको आम्दानी गर्न सफल भयौं, हामी उत्साहित छौं ।’

बीमा क्षेत्रले कोरोना महामारीबाट धेरै क्षति व्यहोर्ने अनुमान बीमा क्षेत्रमा गरिएको थियो । लकडाउनमा सिंगो देश ठप्प भएपछि बीमा सेवा आर्जन गर्नै मुश्किल पर्न सक्ने चिन्तामा अधिकाँंश बीमा कम्पनीका सिईओहरु थिए । चैत्र महिनामा गरेको बीमा शुल्क आर्जनबाट बीमा कम्पनीहरु उत्साहित हुन पुगेको बीमा कम्पनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS