IME Life New

कोरोना भाइरसको घेराबन्दीमा पर्दै काठमाडौं उपत्यका, काभ्रे र धादिङमा भेटियो पोजेटिभ !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ । मंगलबार काडाघारीस्थित सनसिटी अपामर्टमेन्टमा कोरोना संक्रमित भेटिएकै दिन र्यापिड टेष्टको क्रममा काभ्रे र धादिङमा पनि कोरोना पोजेटिभ भेटिएका छन् ।

दुई दिन पहिले बीरगन्जबाट गएकी चिया पसल सञ्चालन गर्दै आएकी महिलामा कोरोना भेटिएपछि बीरन्जमा स्थानीय स्तरमा समेत कोरोना फैलिएको आशंका गरिएको छ । काठमाडौं–बीरथन्जका बीचमा द्रूत सम्पर्क रहेको र दैनिक हजारौं मानिसहरु काठमाडौं ओहोर दोहोर गर्ने हुँदा राजधानी काठमाडौं कारोना भाइरसबाट सुरक्षित छ भनेर एकिन गर्न कठिन अवस्थामा पुगेको छ ।

Esewa
Crest

मंगलबार र्यापिडङ टेष्टको क्रममा काभ्रेमा दुई जना, धादिङमा एक जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । मंगलबार गरिएको र्यापिड परिक्षण (पूर्ण रुपमा कोरोना पुष्टि नभई सम्भावित कोरोना संक्रमण पत्ता लगाउन परिक्षण) को क्रममा कोरोनाबाट फर्केका धादिङका एक व्यक्तिको कोरोना संक्रमण हुनसक्ने देखिएको छ । त्यस्तै काभ्रेमा पनि भारतबाट आएका दुई जनाको र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । तीनै जनाको थप परिक्षण जारी छ । थप परिक्षणपछि मात्रै कोरोनाको संक्रमण औपचारिक रुपमा पुष्टि हुनेछ ।

अघिल्लो दिन र्यापिड टेष्टकै क्रममा कोरोना आशंका गरिएका काठमाडौं काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनालाई कारोनो पुष्टि भएकै दिन उपत्यका पूर्व काभ्रे र पश्चिमतर्फ धादिङका र्यापिड टेष्टको क्रममा कोरोना संक्रमणको शंकास्पद मानिसहरु फेला परेपछि राजधानी काठमाडौं उपत्यका थप असुरक्षित महसुस गरिएको छ ।

सोमबार काठमाडौकै सनसिटीमा कोरोना संक्रमणको आशंका गरिए लगत्तै मंगलबारदेखि राजधानी उपत्यकामा सुरक्षाकर्मीहरुले सर्वसाधारणको आवत जावतमा थप कडाई गर्न सुरु गरिसकेका छन् । बीरगन्जमा स्थानीय तहमा फैलिएको आशंका बीच काठमाडौं सुमोपार्क बल्खु कति सुरक्षित छ ? अर्को प्रश्न पनि उब्जिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना नेपालमा आएको छैन, आउँदैन भन्दा भन्दै लकडाउन गरिएको २२ दिनमा पुग्दा राजधानी काठमाडौं वरपर कोरोना भाइरसको संक्रमण देखिएपछि ३० लाख देखि ४० लाख मानिस बसोबास गर्ने विश्वकै घना जनसंख्या भएको शहर मध्येको एक काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारीको जोखिम थप बढेको छ ।

यसैबीच, केहीबेरअघि सप्तरीबाट प्राप्त समाचारमा र्यापिड टेष्टको क्रममा थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । भारतबाट फर्केका उनीहरुको र्यापिड टेष्ट किटबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएकाले थप परिक्षणका लागि जनकपुर पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS