IME Life

नेपाल राष्ट्र बैंकले आजै नयाँ गभर्नर पाउने, तीन जनाको नाम सिफारिस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यही चैत्र ५ गतेदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सम्भवतः आजै पदपूर्ति हुने भएको छ । सरकारले गठन गरेको छनौट समितिले आजै तीन जनाको नाम सिफारिस गरेपछि अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्ती गर्ने स्रोतले जनाएको छ ।

आज बसेको गभर्नर छनौट समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेकाहरुमा पूर्व अर्थसचिव डा. राजन खनाल, पूर्व डेपुटी गभर्नर तथा हालका लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारी तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी छन् ।

Prabhu
Crest

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. खतिवडाका बीचमा खनाललाई गभर्नर बनाउने भित्री सहमति भइसकेको स्रोतको दावी छ । सिफारिस गरिएका तीन जनामध्ये अधिकारी लगानी बोर्डका कार्यकारी हुन् भने शिवोकाटी नेपाल राष्ट्र बैंकमै डुपेटी गभर्नरको रुपमा कार्यरत छन् । केही समयअघि अर्थसचिवबाट सेवा निवृत्त भएका खनालले पिएचडी भने संस्कृतिमा गरेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS