IME Life

उच्च स्तरीय समितिको बैठकमा उठ्यो बीमाको एजेण्डा, स्वास्थ्यकर्मी, ग्रामिण स्वास्थ्य स्वयम्सेविका र सुरक्षाकर्मीको बीमा प्रक्रिया अघि बढाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण सम्बन्धी उच्च स्तरीय समितिको बैठकमा कोरोना रोगको उपचारमा संलग्न स्वास्थ्यकर्मी लगायतको म्यादी जीवन बीमाको विषयले प्रवेश पाएको छ । केही समयअघि मन्त्रिपरिषदबाट निर्णय भएर पनि कार्यान्वयनमा आईनसकेको सो बीमालाई तत्काल अघि बढाउने आजको बैठकले निर्णय गरेको हो ।

केहीबेर अघि सम्पन्न बैठकले देशैभरि रहेका करिब ५० हजार स्वास्थ्य स्वयम् सेविकाहरुलाई समेत कोरोना रोगको उपचारमा परिचालन गर्ने निर्णय समेत गरेको छ । साथै बैठकले ति ग्रामिण स्वास्थ्य स्वयम् सेविकाहरुको बीमा तथा भत्ताको व्यवस्था गरेर परिचालन गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

उच्च स्तरीय समितिको आज सम्पन्न १७ औं बैठकले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा दुई वटा विधिलाई एकै साथ अघि बढाउन निर्णय गरेको छ । जस अनुसार सार्वजनिक खरिद ऐन अनुसार जिटुजी अन्तर्गत सिधैं अर्कोदेशसँग खरिद गर्न सकिने छ भने सोही ऐन अनुसार निजि कम्पनीसँग पनि आवश्यक प्रक्रिया पूरा गरेर खरिद गर्ने निर्णय गरेको बैठकपछि सूचना प्रविधि तथा सञ्चार मन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुलाई जानकारी दिए ।

त्यस्तै, आजको बैठकले क्वारेन्टाईनका मापदण्डलाई केही परिमार्जन गर्नुपर्ने देखिएकोले परिमार्जन गर्ने निर्णय समेत गरेको छ । १४ दिनसम्म क्वारेन्टाईनमा बसिसकेपछि स्वास्थ्य परिक्षण गरेर निश्चित भइसकेपछि मात्रै जान जान दिने निर्णय भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS