IME Life New

लकडाउनमा बीमा कम्पनीहरुले सवारी पास पाएनन्, कसले वितरण गर्ने भन्नेमा अन्योल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले अत्यावश्यक सेवा अन्तर्गत राखेर कार्यालय सञ्चालन गर्नै पर्ने भनेर तोकेको बीमा कम्पनीहरुले आवात जावतको लागि पास पाउन सकेका छैनन् । कोरोना महामारीको कारण सिंगो देश लकडाउन हुँदा विगत १३ दिनदेखि बीमा कम्पनीहरुले कार्यालय खोल्न सकेका छैनन् । सबै कम्पनीहरुले घरैबाट काम गर्दै आएका छन् ।

सुरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास वितरण गरिएको थियो । सो क्रममा पहिलो दिनमा नै एक इन्स्योरेन्सले मात्रै पाँच वटा लिन सफल भएपनि अन्य बीमा कम्पनीहरुले पास लिन पाएका छैनन । हाल जिल्ला प्रशासन कार्यालयबाट पास वितरण बन्द भइसकेको छ । बीमा कम्पनीका लागि कुनै निकाय नतोकिँदा पास लिन समस्या परेको छ । एक बीमा कम्पनीका सिईओले गुनासो गर्दै भने ‘एउटा कम्पनीलाई पाँच वटा पास पाउने अन्य कम्पनीहरुले एउटा पनि पास नपाउनु हामीमाथि गरिएको विभेद हो ।’

Esewa
Crest

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जिल्ला प्रशासन कार्यालयबाट पास वितरणको लागि समितिले पत्रचार गरिसकिएको बताए । बीमा समितिले हरेक बीमा कम्पनीलाई ३ वटाका दरले पास दिन पत्राचार गरेको छ । तर, काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने लकडाउन कमजोर हुन नदिन पास वितरणमा कडाई गरिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको जिम्मा नेपाल राष्ट्र बैंकलाई लगाएको भएपनि बीमा कम्पनीहरुलाई पास कसले दिने भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरिसकेको अवस्था छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बीमा कम्पनीहरुलाई औचित्यको आधारमा पास दिइने र त्यसको व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भइरहेको बताए ।

साथै उनले एक इन्स्योरेन्सले लिएको पाँच वटा पास सबै बीमा कम्पनीहरुलाई समन्वय गर्छु भनेको आधारमा वितरण गरिएको बताउँछन् । प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘पहिलो दिन थियो, सबैलाई पुर्याउँछौं भनेर दिएको जस्तो लाग्छ ।’

उनले भने, ‘अन्यलाई समस्या परेको भए, कूल ४० वटा बीमा कम्पनी छ, सबैलाई दिन त गाह्रो हुन्छ होला, धेरै पास वितरण गर्दा सडकमा धेरै गाडी गुड्दा समस्या हुन्छ । तरपनि औचित्यका आधारमा अप्ठेरो फुकाउने गरी पास विरतण गर्दछौं  ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS