IME Life New

वुहान पछ्याउँदै लकडाउन कस्दै सरकार, संक्रमण फैलिएको गाउँबाट भाग्न नपाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एकै दिन तीन जना कोरोना संक्रमित फेला परेपछि सरकारले भोलिबाट लकडाउनलाई थप कडाई गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले भोलिबाट लागू हुने गरी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने, एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम लागू गर्ने निर्णय गरेको छ ।

Crest

यस्तो निर्णयसँगै कुनै गाउँमा संक्रमित फैलिएमा अब उक्त गाउँका मानिसहरु अर्को गाउँमा भाग्न समेत पाउने छैनन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संक्रमण फैलिएको गाउँबाट मानिसहरु भागेर अर्को गाउँमा जानसक्ने सम्भावना देखिएकाले मानिसको चहल पहल रोक्न यस्तो कडा निर्णय गरिएको हो । नयाँ व्यवस्था अनुसार संक्रमण देखिएको जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न पाइने छैन । मन्त्रिपरिषदको यस्तो निर्णयसँगै स्थानीय सरकार आफैले पनि मानिसको आवत जावत रोक्ने बाटो खुलेको छ ।

शनिबार बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रबक्ता एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले जारी लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको जानकारी दिए । सरकारको यो निर्णय आज एकै दिन तीन जनामा कोरोनाको संक्रमण देखिएसँगै आएको हो । स्थानीय तहमै जनतालाई लकडाउन गर्ने अभ्यास वुहानमा भएको थियो । प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, बुहान र भारतको पुनेमा गरिएका अभ्यासलाई पछ्याउँदै सरकारले यस्तो निर्णय गरेको हो । स्रोतले भन्यो कुनै स्थानीय तहमा कोरोना फैलियो भने अब उक्त स्थानीय तहका जनता अर्को स्थानीय तह, उक्त जिल्लाक जनता अर्को जिल्लामा र एक प्रदेशबाट अर्को प्रदेशमा भाग्न समेत पाउने छैनन् ।

कोरोना संक्रमण फैलिने क्रममा स्थानीय तहका जनता सुरक्षित हुन अन्यत्र सर्न खोज्दा झनै समस्या आउन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । आजको निर्णयपछि खाद्यान्न, अति आवश्यक बस्तु, तरकारी, ग्याँस लगायतका सामान लिन समेत एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान पाइने छैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिन चैत्र १० गतेदेखि लामो दुरीको सार्वजनिक यातायात ठप्प बनाउँदै चैत ११ गतेदेखि सिंगो देशका जनतालाई बाहिर हिडडुल गर्न प्रतिबन्ध गर्दै घरैमा बस्ने गरी लकडाउन सुरु गरेको थियो । आजको बैठकले लकडाउन थप कडा बनाउने निर्णय गरेपनि चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको लकडाउन थप हुन्छ वा हुँदैन भन्ने विषयमा कुनै निर्णय गरेको छैन । लकडाउन थप्ने सम्बन्धमा अर्को मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने मन्त्री खतिवडाले बताए ।

यी हुन आजको मन्त्रिपरिषदले गरेको तीन निर्णय

१. लकडाइन अझै कडा बनाउदै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला आवत जावत समेत ठप्प पार्ने ।

२. स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री दिएर काममा खटाउने ।

३. कोरोना भाइरस टेस्ट धेरै भन्दा धेरै गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS