IME Life

पहिलो पटक नेपालभित्रै फैलियो कोरोना, थप तीन जना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना पहिलो पटक नेपालभित्र फैलिएको छ । यसअघि विदेशबाट आएका छ जनामा कोरोना देखिएपनि उनीहरुबाट नेपालभित्र कोरोनाको संक्रमण भएको रिपोर्ट आएको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जना नेपालीलाई कोरोना रोगले छोएको पुष्टि गरेको छ ।

शनिबार जारी सूचना अनुसार पहिलो पटक नेपालभित्र पनि कोरोना सरेको छ । यसअघि कैलालीमा कोरोना संक्रमित भई उपचार गराइरहेका युवाको आफन्त ३४ बर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको हो । ति महिलालाई यसअघि नै क्वारेन्टाईनमा राखिसकेको छ ।

Prabhu
Crest

बाँकी दुई जना भने भारतबाट फर्केका भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । मुम्बईबाट फर्किएका कैलालीका एक २१ बर्षिय पुरुषमा कोरोना भेटिएको छ । त्यस्तै भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षिय पुरुषमा पनि कोरोना रहेको स्वाब परिक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या नौ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS