IME Life

लकडाउन अवधीभित्रै अत्यावश्यक उद्योग खोल्न दिने सरकारको निर्णय, कुन–कुन उद्योग खोल्न पाइन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले जारी लकडाउन कायम राख्दै अत्यावश्यक केही उद्योगहरु भने सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

Prabhu
Crest

उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षमा बिहिवार सिंहदरवारमा बसेको बैठकले जारी लकडाउन अवधीभित्रै खाद्यबस्तु र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको जनाइएको छ । स्रोतका अनुसार सरसफाई, कामदारको सुरक्षाका मापदण्डहरु पूरा गरेर अत्यावश्यक खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्न दिने निर्णय भएको हो । जस अनुसार दाल चामलका उद्योग, तयारी खाद्य बस्तुहरु चाऊचाउ, बिस्कुट जस्ता उद्योगहरु, चिनि मिलहरु सञ्चालन हुनेछन् ।

त्यस्तै अन्य उद्योगहरु अत्यावश्यक भएमा मजदुरलाई आवासिय सुविधा दिई उत्पादन गर्न सक्ने र त्यसको लागि प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था पनि आजको बैठकले गरेको छ ।

त्यसैगरी, आजको बैठकले राष्ट्रिय गौरवको आयोजना तामाकोसी, मेलम्ची खानेपानीको काम सम्भव भएसम्म सुरु गर्ने निर्णय समेत गरेको छ । ति आयोजनामा ठूलो संख्यामा कामदार योजना स्थलमै रहेकोले उनीहरुलाई बाहिर आउन नदिई सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS