Connect IPS
IME Life

लकडाउनको समय यसरी उपयोग गर्दै छन् राजधानी बाहिरका शेयर लगानीकर्ताहरु

SPIL
NIC ASIA new
Sanima Reliance

कोरोन भाइरसको कारणले गर्दा देश अहिले लक डाउनमा छ। पूर्ण स्वचालित अनलाईन कारोवार नभएको कारणले गर्दा लकडाउनमा नेपाली शेयर बजार बन्द छ। पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली भएको भारतमा लकडाउन भएपनि शेयर कारोवार खुला नै रहेको छ। कुनै समय काठमान्डौमा मात्र सिमित नेपाली दोश्रो बजार विस्तार हुने क्रम जारी छ। ब्रोकरको शाखा विस्तार भएसँगै राजधानी बाहिर सक्रिय लगानीकर्ताहरुको संख्यापनि दिन प्रतिदिन बढ्दै छ।

राजधानी बाहिर शेयर बजारका सक्रिय लगानीकर्ताहरुलाई लक डाउन भएको बेलामा के गरेर समय लाई सदुपयोग गरिराख्नु भएको छ भनेर इन्स्योरेन्स खबर टिमले प्रश्न गरेका थियो । राजधानी बाहिरका केही शेयर लगानीकर्ताको उत्तर यस्तो आयो : 

Prabhu
Crest

माधव पाण्डे, बुटवल :  लकडाउनको समयमा सरकारको आग्रह अनुसार नै म घरमा नै बसेको छु । सरकारले लकडाउनको निर्णय समयमै गरेकोमा सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । हाल दैनिक कम्तिमा २ घण्टा करेसाबारीमा तरकारीका बिरुवा लगाउने  र हुर्काउने काम गरेको छु । शेयर बजार सम्बन्धित फिल्म पनि हेरे र पर्यटन क्षेत्रका सफल व्यवसायी कर्ण शाक्यका पुस्तक पनि अहिले पढदै छु । सामाजिक संजालमाबाट देश भित्र र बाहिरको हालको अवस्थाको जानकारी पनि लिँदै आएको छु ।

रामचन्द्र भट्ट, पोखरा :
अहिले म अडियो बुकमा धेरै केन्द्रित भएको छु। विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित उपन्यास सुम्निमा पढेर सकियो । हाल मदन कृष्ण श्रेष्ठको ” महको म” सुन्दैछु । नेपालको शेयर बजारको बारेमा आउने खबरहरुमा अपडेट हुने प्रयास गरिरहेको छु। यो समयमा विदेशी पुँजी बजारका किताब चाहीँ खासै हेरेको छैन। त्यस्तै अहिले परिवारसँग समय धेरै बिताउन पाउँदा निकै खुशी लागेको छ। त्यस्तै मेडिटेसन (ध्यान) एवम घर भित्र नै गर्न सकिने शारिरिक कसरतमा केन्द्रित छु । विश्वमा फैलिरहेको कोरोना भाइरसको बारे जानकारी लागिरहेको छु। मह सन्चारका पुराना भिडियोहरु पनि हेर्दै छु।

राजु पौडेल, पोखरा :  मैले विगत देखि नै शेयर बजार र बीमा बजार सम्बन्धी भिडियोहरु बनाउँदै आएको छु। त्यहीँ  कुरालाई जारी राख्दै शेयर बजार र बीमा बजारको ज्ञान दिने भिडियो सामाग्रीहरु बनाउँदै लकडाउनको समयलाई सदुपयोग गर्दै छु । मैले लकडाउनमा बनाएको भिडियोहरु निकट भविष्यमा लगानीकर्ताहरुलाई उपयोगी हुने छ भन्ने कुरामा म  विश्वस्त छु।

 

रामेश्वर बराल, पोखरा :
अहिलेको समय सबैभन्दा पहिला आफू र आफ्नो परिवारलाई पूरा समय दिएर कोरोना विरुद्धमा मनोबल उच्च बनाउने र दोस्रो व्यक्तिगत तथा पारिवारिक सरसफाई र योगमा विशेष ध्यान दिने तेस्रो आफुलाई अध्ययन कार्यमा व्यस्त राख्ने।  त्यस्तै लक डाउनलाई पुर्ण पालना गर्ने र सामाजिक चेतना वृद्धि गर्न आफ्नो भुमिका खेल्ने कम गर्दै आएको छु।

 

विष्णु रावत, सुर्खेत :अहिलेको समस्या हाम्रो देश नेपालकाे मात्रै समस्या नभएर याे विश्वकै समस्या हाे। यसले नेपालकाे शेयर वजारलाई मात्रै असर नगरि, सम्पूर्ण क्षेत्रलाई प्रत्यक्ष रूपमा असर पार्दछ । यसकाे उदाहरणका रूपमा पर्यटन वर्ष २०२० लाई लिन सकिन्छ ।
हाल म, नेपाल सरकारले, संत्रमण ऐन, २०२० लागू गरेकाे अवस्थामा लकडाउनमा छु , म अतिआवश्यक काम बाहेक, घरमा नै बसेकाे छु। विहान  उठ्ने वित्तिकै ध्यान, याेगा गर्छु।  शेयर बजार विशेषज्ञ रविन्द्र भट्टराईसरकाे बजारसँग सम्वन्धित फिल्म आशा पनि हेरे जुन शेयर बजारमा प्रवेश गर्न चाहनेहरूकाे लागि हेर्नै पर्ने फिल्म रहेछ । यसका साथै शेयर बजारसँग सम्बन्धित समाचार, अन्तर्वार्ता हेर्दै म आफुलाई अपडेड गराउँदै आएको छु ।

दिनेश गैरे, बुटवल : अहिलेको लकडाउनमा समाचार हेर्ने र आफुलाई शिक्षा दिने अनलाईन किताबहरु पढ्ने र केही नयाँ सफ्टवयरहरु सिक्दै छु। श्रीमतीलाई घरायसी काममा सघाउन पाउँदा खुशी लागेको छ। त्यस्तै आफ्नो व्यपारको हिसाब किताब मिलाउने काम पनि गर्दै छु। छोरालाई केही ज्ञानगुनका कुरा सुनाउँदै लकडाउनको समय उपयोग गरिरहेको छु। पहिले कामलाई धेरै प्राथमिकता दिने म अहिले आएर पूर्ण पारिवारिक वातावरणमा आफुलाई ढाल्दा निकै खुशी लागेको छ।

चिरञ्जीवी शर्मा, म्याग्दी :
(कोबिड-१९) को संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले यतिबेला बाध्यात्मक रुपमा देशलाई लकडाउन गरिरहेको छ । सरकारको यो निर्णय हाम्रै लागि अपनाईएको बाध्यात्मक कदम हो भन्ने बुझेर घरमै बसेको छु । यो द्रुत गतिमा सजिलै फैलने घातक भाइरसबाट बच्न पहिला हामी आफै सचेत र सजग रहन आवश्यक भएकोले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर नआएर पुस्तकहरु पढ्ने, समाचारहरु हेर्ने  काम गरिरहेको छु ।

बिष्णु कुमार श्रेष्ठ, लम्जुङ्ग :
लक डाउनको समयमा मैले यहाँका गतिविधिको सारङी अनलाइनमा रिपोर्टिङ गर्नुका साथै सुन्दर बजार चेम्बर अफ कमर्सबाट २००० थान सर्जिकल मास्क नि:शुल्क वितरण गर्ने कार्य सम्पन्न गरियो । त्यस्तै म सामाजिक कार्यकर्ता भएकोले लायन्स क्लब अफ सुन्दर बजारबाट पर्सि २१ गते ४ थान पि पि इ सेट अस्पताललाई दिने कार्य योजना बनाएको छु। यो समयमा व्यावसायिहरुलाई समान ढुवानी गर्नका साथै उपभोक्ताको घरदैलोमा समान पुर्याउन सहजीकरणको भुमिका निर्वाह गरेको छु।

नीता वाग्ले, चितवन: पहिलो त घरबाट बाहिर निस्किएको छैन र अरुलाई पनि बाहिर ननिस्कन सल्लाह दिन्छु। दोस्रो यो समयमा जो अप्ठ्यारोमा परेका छन् उहाँहरुलाई सहयोग गरिरहेको छु। बालबच्चालाई सामाजिक व्यवहारिक ज्ञान दिन्छु र करेसाबारी को काम पनि गर्दै आएको छु । यो बेलामा आपतमा परेको लागि सहयोग गर्न सबैलाई अनुरोध गर्दछु। यो समयमा आफ्नो ज्ञान बढाउन पुस्तक पढ्ने काम पनि गरिरहेको छु । धार्मिक र बौद्दिक पुस्तकहरुले ज्ञान बढाउनुको साथ साथै आत्मशान्ति प्राप्त गर्न सकिन्छ। सकारात्मक सोचौ प्रकृतीले लिएको यो परिक्षामा रुखो सुखो खाएर घर भित्र बसेर भोलीका सुनौलो दिनको पर्खाइमा बसौ।

पुनम शर्मा, बाग्लुङ्ग : कोरोना भाइरसको यो माहामारीसँग जुध्न सरकारले गरेको लक डाउनलाई पुर्ण रुपमा पालना गरेको छु । म यस वेला कोभिड-१९ का विरुद्ध लाग्ने स्वास्थ्य उपयोगी टीप्स् लेख्ने, सामाग्री देखाउने, सुझाव , सल्लाह दिने ,आइसोलेशन/ क्वारेन्टाईन व्यवस्थापनमा सघाउ पु-याउने ,तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, संचारकर्मी , स्वयंसेवीहरुलाई हौसला दिने काम गरेको छु । यो अवधिमा शेयर बजारका बादसाह वारेन बफेटको पुस्तक अध्ययन गरिरहेको छु ।

कुमार थापा, धनगडी :
अहिले शेयर बजार बन्द छ र अन्य खासै काम पनि छैन। त्यसैले अहिलेको समयमा जति सक्दो धेरै ज्ञान लिने समय हो। “बजार” र “गफला” चलचित हेरे। कर्ण साक्यले लेख्नु भएको किताब भर्खरै पढेर सकेर अहिले चाहीँ “RicH Dad Poor Dad” पढ्दै छु।

 

चण्डी अर्याल, बुटवल :
यो समय अध्ययन गर्ने समय हो। अहिले शेयर बजार बन्द छ र अन्य खासै काम पनि छैन। त्यसैले अहिलेको समयमा जति सक्दो धेरै ज्ञान लिने समय हो। यसै कुरालाई मध्ये नजर गर्दै म अहिले पिटर लिन्चको लर्न टु अर्न पुस्तक पढिरहेको छु।

 

आशिष भुषाल, चितवन :
देश विदेशका आर्थिक समाचार पढेर अहिलेको समय बिताईरहेको छु। त्यस्तै अहिले फुर्सद भएकोले बजार विस्लेषण गरेर बसिरहेको छु। अहिलेको समय आफ्नो पहिलाको लगानीको रणनीतिलाई विस्लेषण गरी भावी दिनको लागि लगानीको रणनीति बनाउन उपयुक्त समय हो जस्तो लाग्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS