IME Life

राष्ट्र बैंकद्वारा राहत प्याकेजको घोषणाः ऋणको साँवा ब्याज असारभित्र भुक्तानी गर्ने सुविधा, ‘थप कर्जा माग ५ दिनभित्रै दिनु’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक क्षेत्रमा राहत प्याकेजको घोषणा गरेको छ । कन्द्रीय बैंकले आज नयाँ सर्कुलर जारी गर्दै बैंक तथा ऋणी दुवैलाई राहत प्याकेज घोषणा गरेको हो । बैंकर्स एशोसिएशन र उद्योग बाणिज्य महासंघसँग अनौपचारिक रुपमा छलफल गरेर राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिका अनुसार ऋणीले बैंकबाट लिएको ऋणको सावाँ ब्याज भुक्तानी अवधी असार मसान्तसम्म पाएका छन् । त्यस्तै यही चैत्र मसान्तभित्र साँवा ब्याज भुक्तानी गर्न चाहनेलाई त्यस्तै ब्याजमा १० प्रतिशत छुट दिन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । त्यस्तै क्रेडिट कार्डको असुली समेत असार मसान्तसम्म थप गरेको छ ।

आज जारी गरिएको निर्देशन अनुसार पुस मसान्तसम्म नियमत रुपमा साँवा ब्याज भुक्तानी गरिरहेका पर्यटन र यातायात सम्बद्ध ऋणीहरुलाई चैत्र मसान्तसम्ममा कर्जाको साँवा तथा ब्याज भुक्तानी नभएको अवस्थामा पनि पुनः थप ऋण माग गरेमा पाँच कार्यदिनभित्रमा ऋण उपलब्ध गराउन भनेको छ ।

Prabhu
Crest

नयाँ व्यवस्था अनुसार बैंकले पनि तरलता कूल निक्षेपको ३ प्रतिशत हुनुपर्ने व्यवस्था लागू गरेका छ । साथै बैंकलाई चैत्र मसान्तभित्र असुल गर्नुपर्ने ऋणको साँवा वा ब्याज असुल नहुँदा गर्नुपर्ने प्रोभिजन निलम्वन गरेको छ । यस्तो व्यवस्थासँगै बैंकले समेत राहत पाउने भएका छन् ।

त्यस्तै इमेल वा टेलिफोनबाट ग्राहकको डिजिटल कारोबारको पासवर्ड परिवर्तन, पिनकोड रिसेट लगायतका काम गर्न सबै बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

त्यस्तै विदेश जान भिषा आई तयारी अवस्थामा रहेर जान नपाएकाहरुले स्वदेशमै कुनै उद्यम गर्न ऋण माग गरेको अवस्थामा प्रक्रिया पूरा गरी पाँच दिनभित्रमा ऋण दिन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

2076_77_(Notice)–18-Covid-19_Related-new

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS