Connect IPS
IME Life

लकडाउन अवधीभर शेयर कारोवार बन्द गर्ने तयारी, धितोपत्र बोर्डको बैठक बस्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लकडाउन अवधीभर शेयर कारोबार बन्द गर्ने तयारी गरेको छ । सोही विषयमा नेपाल धितोपत्र बोर्डको बैठक आज बस्दैछ । बोर्डको बैठक सुरु हुनुअघि अनौपचारिक छलफलमा लकडाउन अवधीभर शेयर कारोबार रोक्ने लगभग सहमति भएको बोर्ड स्रोतले जनाएको छ ।

बैठकका लागि अध्यक्ष भिष्मराज ढुंगाना तथा अन्य कार्यकारी निर्देशकहरु कार्यालयमा उपस्थित भइसकेका छन् । आजको बैठकमा भोलिबाट शेयर कारोबार रोक्का राख्ने वा खोल्ने विषयमा निर्णय हुनेछ । बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले सरकारको निर्णयपछि मात्रै बोर्डले औपचारिक निर्णय गर्ने बताए । कारोना भाइरस महामारीको समयमा सरकारले गरेको लकडाउनमा शेयर लागानीकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दे शेयर कारोबार बन्द गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले भने, ‘लक डाउन अवधिभर गरे शेयर कारोवार बन्द गर्ने विषयमा छलफल भएको छ । लक डाउन खुकुलो भएपछि बजार खोल्दा राम्रो हुने सुझाव आएको छ ।’

Prabhu
Crest

गिरीका अनुसार सरकारले निर्णय नगरी बोर्डले निणर्य गर्नेछैन । सरकारले कोरोना भाइरसको महामारी फैलन नदिन गत सोमबारदेखि एक साताको लागि गरेको लकडाउन आज सकिदैछ । सरकारले भोलिबाट पुनः लकडाउन गरे शेयर बजार पनि बन्द गर्ने र सरकारले लकडाउन खोल्ने निर्णय गरे भोलिबाटै बजार खोल्ने तयारीमा धितोपत्र बोर्ड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS