IME Life

सिंगो भारत २१ दिनसम्म लकडाउन गर्ने मोदीको घोषणा, कर्फ्युभन्दा कडा बनाउने चेतावनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न नसकेपछि सिंगो भारत तीन साताको लागि लकडाउन गर्ने घोषणा गरिएको छ । मंगलबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले तीन सातासम्म कसैलाई पनि बाहिर ननिस्कन आग्रह गरेका छन् । आज मध्यराति १२ बजेदेखि लागू हुने गरी सिंगो भारत लकडाउन गर्ने प्रधानमन्त्री मोदीले घोषणा गरेका छन् ।

कूल एक अर्ब ३८ करोड चार हजार जनसंख्या भएको भारतमा २१ दिनसम्म कोही पनि मानिसलाई बाहिर निस्कन नदिइने मोदीले घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले कोरोना संक्रमण फैलिएर महामारीको रुप लिन नदिन २१ दिनको लकडाउन गरेका हुन् ।

Prabhu
Crest

सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध लड्न १५ हजार करोड बजेट समेत खर्च गर्ने जनाएका छन् । भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सका अनुसार २१ दिनको अवधीको आपूर्ति व्यवस्थापनको जिम्मेवारी सरकारको हुनेछ ।

सबैलाई घरभित्रै बस्न कडा निर्देशन दिइएको सो लकडाउन यसअघि गत आइतबार आह्वान गरिएको जनता कफ्र्युभन्दा पनि कडा हुने जनाइएको छ । कोरोना भाइरसको कारण यति ठूलो जनसख्यालाई लकडाउनमा राखिएको पहिलो घट्ना हो । यसअघि चीनले बुहानमा छ करोड, अमेरिकाले साढे सात करोड जनतालाई लकडाउन गरेको भएपनि विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा एक अर्ब ३८ करोडभन्दा बढि जनतलाई लकडाउन गरिएको हो ।

विश्व समुदायले कोरोनाको महामारी भारतमा फैलिएमा त्यो भुसभित्रको आगो हुने चेतावनी दिँदै आएका छन् । विश्वभर कोरोना रोगीको संख्या चार लाख पुग्नै लाग्दा मृत्यु हुनेहरुको संख्या १६ हजार नाघेपछि भारतले २१ दिने लकडाउनको घोषणा गरेको हो । नेपालमा पनि सरकारले ७ दिने लकडाउन अन्तर्गत आज पहिलो दिन हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS