IME Life New

कोरोना महामारीमा बीमा लेख व्यतित नहुने, निर्जिवन बीमा नविकरणको सूचना अगाडि नै दिनुपर्ने, बीमा समितिले जारी गर्यो नयाँ निर्देशन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई बीमालेखको समय समाप्त हुनुभन्दा अगाडी नै बीमितहरुलाई सूचना उपलब्ध गराई सुसूचित गर्न आग्रह गरेको छ । साथै, बीमालेख जारी गर्दा वा नविकरण गर्दा जुनसूकै माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था समेत गरिएको समितिले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कारोना भाइरसका कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको अवस्थामा उक्त अवधिभरका लागि यस्तो निर्देशन जारी गरेको जनाएको छ ।

त्यसैगरी समितिले जीवन बीमा कम्पनीका बिमितहरुलाई राहत दिने उद्देश्यले बीमा शुल्क बुझाउने समय थप गरेको छ । हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था गरेको समितिले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS