काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको १२ दशमलव ६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते सोमवार बुक क्लोज गर्ने भएकाले आइतवारसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।
कम्पनीले यस वर्ष १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा पोखरामा आयोजना गर्ने भएको छ ।
कम्पनीको लाभांश प्राप्त गर्नका लागि साविकका शेयरधनीहरुले आइतवारसम्म शेयर कायम गर्नुपर्ने र नयाँ शेयरधनीका लागि आइतवारसम्म शेयर खरीद गर्नुपर्ने भएको हो ।