काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई काेराेना भाईरसबाट जाेगाउन १३ दिनसम्म देशलाई लकडाउन गर्ने घाेषणाा गरेका छन् । यही चैत्र ९ गते देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिनेछ ।
साथै १० दिन अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवा सञ्चालन सम्बन्धी व्यवस्था बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेकाे हाे । ओलीले देशका जनताहरुलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।
विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने समेत जानकारी दिइएको छ ।विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या १० हजार पुगेपछि नेपाल सरकारले यस्ताे निर्णय गरेकाे हाे ।