IME Life

आइतबारदेखि शेयर कारोबार एक सातासम्म स्थगित गर्ने सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको प्रभावबाट जोगाउन नेपाल स्टकको कारोबार केही दिन स्थगित गर्ने सहमति भएको छ । सम्भतः आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुनेछैन । कोरोनाको प्रभाव सम्बन्धमा पुँजि बजारका लगानीकर्ता, नेप्सेका पदाधिकारी तथा सेबोनका अध्यक्ष बीचको छलफलमा पुँजि बजार केही दिनका लागि स्थगित गर्ने सहमति भएको हो ।

लगानीकर्ताहरुको पाँचवटै संस्था, नेप्से तथा नेपाल धितोपत्र बोर्ड बीचको छलफलमा यस्तो सहमति भएको लगानीकर्ताकी नेतृ राधा पोखरेलले इन्स्योरेन्स खवरलाई जानकारी दिईन् ।

Prabhu
Crest

बिहिवारको बैठकमा लगानीकर्ताहरुको तर्फबाट छोटोलाल रौनियार, उत्तम अर्याल, राधा पोखरेल, संरक्षणा चौधरी, तारा प्रसाद फुल्लेल र हरि ढकाललगायतका सहभागी थिए । बैठकपछि फुल्लेलले दिएको जानकारी अनुसार आजको बैठकमा पुँजि बजारको कारोबार केही समयको लागि स्थगित गर्ने सहमति भएको छ ।

यद्यपि सो सम्बन्धमा बोर्डले औपचारिक निर्णय भने गरिसकेको छैन । बोर्डलाई बढिमा ७ दिनसम्म बजार स्थगत गर्न सक्ने अधिकार छ । कारोनाको समस्याबाट बाहिर निस्कन कम्तीमा यो महिनाभर बजार बन्द गर्नुपर्ने निष्कर्ष निकालिएको भएपनि त्यसको लागि नेपाल सरकारकै निर्णय आवश्यक पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS