IME Life New

कारोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नजिकै, भारतमा कोरोना रोगीद्वारा आत्महत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोबेल कोरोना (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या नौ हजार नजिक पुगेको छ । बिहिवार मध्यान्ह यो समाचार तयार गर्दासम्म विश्वका १७३ वटा देशमा फैलिएको कोरोनाबाट चीन, अमेरिका, युरोप तथा एसियाको इरान सहितमा गरी झण्डै आठ हजार ९७० जनाको मृत्यु भएको तथ्याङ्क सम्बन्धी साईट वल्र्डमिटरले जनाएको छ ।

हालसम्म कूल संक्रमितको संख्या दुई लाख २० हजार पुग्न लागेको छ । जसमध्ये ८५ हजार ४४९ जना निको भएर घर फर्केका छन् भने ६ हजार ८१४ जनाको अवस्था गम्भिर छ ।

Esewa
Crest

विश्व स्वास्थ्य संगठनले विश्वभर महामारीको संज्ञा दिएको कोरोनाबाट विश्वभर करोडौं मानिसहरु प्रभावित हुनेसक्ने चेतावनी अनुसन्धानकर्ताहरुले दिइरहेका छन् । यसको रोचक पक्ष के छ भने जसले पत्ता लगाएका थिए, ति चिकित्सकको मृत्यु भएको छ । कुनै पनि देशमा पहिलो पटक उपचार गर्ने डाक्टर समेत यो रोगबाट संक्रमित भएका छन् । पछिल्लो नेपाल छिमेकी मुलुक भारतमा पनि उपचार गर्ने डाक्टरलाई समेत कोरोनाबाट संक्रमण भएको छ ।

उता, भारतमा एक कारोना रोग लागेको आशंकामा आइसोलेशनमा राखिएको बिरामीले अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । भारतको राजधानी नयाँदिल्लीस्थित सफरजंल अस्पतालमा उपचार गराइरहेको एक ३५ बर्षिय युवकले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS