IME Life New

कालिज बीमालेखमा त्रुटी, बीमा ऐन विपरित हदम्याद तोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले हालै जारी गरेको कालिज बीमालेखमा त्रुटी रहेको पाइएको छ । बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ विपरित हुने गरी बीमितलाई हदम्याद तोकेर बीमालेख जारी गरेको पाइएको हो ।

Esewa
Crest

बीमा समितिले गत फागुन ३० गते जारी गरेको कालिज बीमालेखको दफा ६ को उपदफा (५) मा बीमक कम्पनीका विरुद्धमा बीमा समितिमा उजुरी गर्दा ३५ दिने हदम्याद तोकिएको छ । बीमा ऐन तथा बीमा नियमावलीमा बीमितलाई बीमक कम्पनीले गरेको निर्णयका विरुद्धमा नियामक निकाय बीमा समिति समक्ष उजुरी गर्दा कुनै हदम्याद लाग्ने व्यवस्था छैन । बीमा समितिले जारी गरेको अन्य पंक्षी सम्बन्धी बीमा पोलिसीमा समेत ३५ दिनको हदम्याद रहेको पाइएको छ ।

बीमा ऐन र नियमावलीमा हदम्याद नभएकोले कालिज तथा अन्य पंक्षी सम्बन्धी बीमा पोलिसीमा रहेको हदम्यादको प्रावधान बीमा समितिले लागू गरेको अवस्थामा बीमा ऐन तथा नियावलीले स्वतः रद्द गर्न भने सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS