IME Life New

नेपाली शेयर बजारमा तहल्का मच्चाएको “सर्ट सेल” आखिरमा के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  शेयर लगानीकर्ता दुर्गा तिवारीको फेसबुकमा लेख्नु भएको पोस्टले नेपाली शेयर बजारमा तहल्का पिट्यो। उहाँले सामाजिक संजाल फेसबुकमा केही समुहहरु मिलेर आफुसँग हुँदै नभएको शेयर पनि नेप्से १६५० माथि हुँदा बेचेर  पछि बजार घटेपछि सस्तोमा त्यही शेयर किनेर लगानीकर्तालाई शेयर दिएको आरोप लगाएको अवस्थामा विभिन्न टिकाटिप्पणी आउँन थालेको देखिन्छ ।  विदेशी केही बजारमा Short selling कानुनी रहे पनि आजसम्म नेपालको शेयर बजारमा Short selling भने गर्न मिल्ने प्रावधान छैन।

Esewa
Crest

Short sell भनेको के हो ? 
नेपाली शेयर बजार एक तर्फी बजार मात्र हो। कुनै शेयर सस्तोमा किनेर महँगोमा बेच्दामात्र लगानीकर्ताले फाईदा हुने गर्दछ। तर विदेशका केही बजारमा Short sell पनि उपलब्ध हुन्छ। short sell मा शेयरको भाउँ घटेमा लगानीकर्ताहरुले कमाउँछन र शेयरको मूल्य वृद्धि भएमा लगानीकर्ताहरुले पैसा गुमाउने गर्छन।

बजार घटे पनि Short sell बाट कसरी पैसा कमाउछन ?
Short sell भनेको आफुसँग  हुँदै नभएको शेयर बेच्नु हो। सुरुमा आफुसँग हुँदै नभएको शेयर बेच्ने र पछि त्यति नै कित्ता किनेर दिने प्रक्रियालाई Short sell भनिन्छ। यसलाई केही लेखकले सापटी पनि भनें गरेका छन्।

उदाहरण :
मानौ, तपाईलाई एबीसी कम्पनीको शेयरको मूल्य घट्छ जस्तो लाग्छ तब तपाईले Short sell प्रयोग गर्न सक्नु हुन्छ।
सुरुमा तपाईसँग हुँदै नभएको एबीसी कम्पनीको १० कित्ता शेयर १०० रुपैयाँको मूल्यमा बिक्री गर्नु भयो र तपाईले सोचे जस्तै भयो र एबीसी कम्पनीको शेयर मूल्य प्रति कित्ता ९५ रुपैयाँ पुग्यो । अब तपाईले एबीसी कम्पनीको शेयर ९५ रुपैयाँ खरिद गर्नुहुन्छ र त्यो शेयर फिर्ता गर्नुहुन्छ।

अब तपाईले ९५ रुपैयाँमा सो शेयर किनेर त्यो शेयर फिर्ता गर्नु भयो। अब यसरी तपाईले १०० रुपैया हुँदा १० कित्ता नभएको शेयर बेच्नु भयो र ९५ रुपैयाँमा १० कित्ता शेयर किनेर दिनु भयो। यसरी तपाईलाई प्रति कित्ता ५ रुपैयाँ फाईदा भयो। त्यस्तै, तपाईले कुनै शेयर Short Selling गर्नु भयो तर त्यो शेयरको मूल्य वृद्धि भयो भने जति रुपैयाँ वृद्धि हुन्छ त्यति नै रुपैयाँ नोक्सानी हुन्छ।

नेपालको शेयर बजारमा Short Selling गैर-कानुनी छ। अहिलेको बजारमा आएको हल्लालाई सम्बन्धीत निकायले छानविन गरी दोषी माथि कारवाही गर्नुपर्ने देखिन्छ। लगानीकर्ता तिवारीले भने जस्तै, अहिले Short selling भैरहेको  छ भने यो नेपाली शेयर बजारको आजसम्मको सबैभन्दा ठुलो काण्ड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS