IME Life New

भारतीय शेयर बजारमा नयाँ प्रयोग, २७ अर्ब रुपैयाँको चार करोड कित्ता शेयर कम्पनीले नै खरिद गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको कारण विश्वभरको शेयर बजारमा उच्च गिरावट आइरहेको बेला भारतमा भने शेयर बजारको पहिरो रोक्न नयाँ अभ्यास गरिएको छ । लगातार शेयरको मूल्यमा उच्च गिरावट आएपछि सन फर्मा नामक औषधी कम्पनीले आफ्नो शेयर पुनः खरिद गर्ने घोषणा गरेको हो ।

भारतीय औषधी उत्पादक कम्पनी सन फर्माको शेयर मूल्य लगातार ओरालो लागेपछि कम्पनीले बजारमा चलेको मूल्यभन्दा महंगो मूल्यमा २७ अर्ब रुपैयाँ नेपाली रुपैयाँ (१७ अर्ब भारु)को चार करोड कित्ता शेयर पुनः खरिद गर्ने घोषणा गरेसँगै यसको विश्वभर नयाँ प्रयोगको रुपमा चर्चा भइरहेको छ ।

Esewa
Crest

यस्तो घोषणासँगै उक्त कम्पनीको शेयर मूल्य घट्ने क्रम रोकिएको छ । भारतीय सञ्चार भाष्करका अनुसार कोरोना भाइरसका कारण लगातार शेयर मूल्यमा गिरावट आएपछि प्रतिकित्ता ३७१ रुपैयाँमा कारोबार भइरहेको सन फर्मा नामक औषधी कम्पनीको शेयर प्रतिकित्ता ४२५ रुपैयाँमा पुनः खरिद गर्ने निर्णय गरेको हो ।

कुनै कम्पनीले आफ्नै शेयर लगानीकर्ताहरूबाट खरिद गर्ने प्रकृयालाई ‘बाइ ब्याक’ भनिन्छ । शेयर बजारमा असाध्यै चलखेल वा पहिरो जान थालेपछि यस्तो अभ्यास गर्ने गरिए पनि कोरोनाको कारण फैलिएको महामारीमा सम्भवतः भारतीय कम्पनी सन फर्माले यस्तो अभ्यास पहिलो पटक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS