IME Life

कोरोनाको उपचार गर्ने स्वास्थकर्मीलाई १० लाखको बीमा सुविधा, यस्तो छ नयाँ निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले विश्वव्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरसबाट संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई विशेष प्याकेज घोषणा गरेको छ । हिजो बसेको नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसबाट संक्रमित जनताको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत थप भत्ता दिनुका साथै १० लाख रुपैयाँको बीमा सुविधा समेत प्रदान गर्ने निर्णय गरेको छ । भारतमा कोरोना रोगको उपचार गर्नबाट ७०० डाक्टर भागेको समाचार बाहिर आएको भोलिपल्ट सरकारले यस्तो निर्णय गरेको हो ।

Prabhu
Crest

त्यस्तै, अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । कोरोनाको उपचारमाअप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको बैठकपछि जानकारी दिइयो ।

बैठकले काठमाडौंमा २२० वटा आईसियु तयार गर्ने निर्णय समेत गरेको छ । जस अनुसार टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०, सैनिक अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी २ सय २० वटा आइसीयु बेड तयार गरिनेछ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ति वार्ड तथा बेडहरु तयार गर्न लागिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS