IME Life

कोरोनाको असरः विश्वका ठूला बीमा कम्पनीद्वारा ट्राभल इन्स्योरेन्स स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको विश्वव्यापी असर परेपछि विश्वभरका अधिकांश ठूला बीमा कम्पनीहरुले यात्रा बीमा स्थगित गरेका छन् । बेलायतको बीमा कम्पनी एलभीले यात्रा बीमा पोलिसी जारी गर्न बन्द गरेको जनाएको छ । एलभी संसारका ठूला यात्रा बीमा गर्ने कम्पनी मध्येमा एक पर्दछ ।

त्यस्तै, क्यानाडाको म्युनिलाईफ र टुगो कम्पनीले पनि ट्राभल इन्स्योरेन्स बन्द गर्ने निर्णय गरिसकेका छन् । अमेरिका, बेलायत तथा युरोपका कैयौं बीमा कम्पनीहरुले यात्रा बीमा तथा स्वास्थ्य बीमाको भुक्तानी गर्ने नीति परिवर्तन गर्न थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो पटक यात्रा बीमालाई पुनर्बीमा कम्पनीले समेत कोरोनाको उपचार खर्च व्यवहोर्न नसक्ने भन्दै पत्र पठाउन थालेपछि बीमा कम्पनीहरुले समेत यात्रा बीमा गर्न रोक्न थालेका हुन् ।

Prabhu
Crest

उता, अमेरिकी उपराष्ट्रपति तथा कोरोनाविरुद्धको अभियानको नेतृत्व गरिरहेका माईक पेन्ससले अस्पतालहरुले कोरोना परिक्षण शुल्क सरकारी अभियान ओबामा केयरबाट पाउने भन्दै बिना शर्त परिक्षण गर्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । सरकारले बीमा खर्च परिक्षण शुल्क व्यहोर्ने भएपनि बीमा कम्पनीहरुले भने यात्रा बीमा पोलिसी नै रोकेको घटनाको अन्तराष्ट्रिय क्षेत्रमा चर्चा भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS